ads
neelambads

पर्सा, बारा, सर्लाही र मकवानपुर विभिन्न ठाउँमा वर्षा, सतर्कता अपनाउन आग्रह


बीरगंज १० भदाै ।  पछिल्लो तीन घण्टामा बाराको निजगढ, अमलेखगञ्ज, सर्लाहीको कर्मैया र आसपासका क्षेत्रमा ठूलो वर्षा भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको समाचार छ ।

    वर्षाका कारण बकैया नदीसहित त्यस क्षेत्रमा बहने साना ठूला नदीहरुमा जोखिम बढेको छ ।  

यसैगरी पछिल्लो तीन घण्टामा  पर्साको ठोरी, बाराको कलैया र परवानीपुर, मकवानपुरको मकवानपुरगढी, वर्षामापन केन्द्रमा पनि ठूलो वर्षा भएकाले आसपासका क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads