ads
neelambads

सप्तरीकाे बीच सडकबाटै एक महिला र पुरुषको अपहरण, अपहरणकारीले मोबाइल बैंकिङबाट फिरौती माँगे


बीरगंज ११ भदाै ।  सप्तरी जिल्लामा सार्वजनिक यातायात रोकी बीच सडकबाटै एक महिला र पुरुषको अपहरण गरीएको घटना सार्वजनिक भएको समाचार छ । 

अपहरणमा संलग्न भएको आरोप लागेकाहरूले फिरौती लिएपछि मात्र अपहरणमा परेकालाई छाडेको प्रहरीले जनाएकाे छ ।

गत साउन २९ गते भएको उक्त घटना सप्तरी प्रहरीले भदौ १० गते साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै सार्वजनिक गरेको थियाे । 

प्रहरीका अनुसार आफ्नो व्यावसायिक कामको सिलसिलामा धरानबाट राजविराज आएका एक महिला र एक पुरुष फर्किने क्रममा म्याजिक चढी रुपनीतर्फ गइरहेका थिए । 

सो क्रममा रुपनी वडा नं. ५ स्थित युनिक अस्पताल नजिक मोटर साइकलमा चढेर आएका केही व्यक्तिहरूले म्याजिक रोकी तपाईंहरूसँग काम छ भन्दै ती महिला र पुरुषलाई ओरालेर अपहरण गरेको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कुमार कार्कीले जनाए ।

म्याजिकबाट ओरालेर अपहरण गरिएका दुवै जनाको साथमा रहेको ९७ हजार रुपैयाँ उनीहरूले लिएका थिए भने धरानमा रहेका महिलाका पतिलाई फोन गरी अपहरणकारीको आरोप लागेकाहरूले मोबाइल बैकिङ मार्फत एक लाख रुपैयाँ फिरौती मागेको एसपी कार्कीले बताए । 

धरानबाट महिलाका पतिले मोबाइल बैंकिङ मार्फत एक लाख रुपैयाँ फिरौती पठाएपछि अपहरणका आरोपितहरू घटनास्थलमा दुवै जनालाई छाडी फरार भएको प्रहरीले जनाए ।

प्रहरीले साउन २९ गते भएको सो घटनामा संलग्न रहेको आरोपमा राजविराज वडा नं. १ का अजय कुमार दासलाई भदौ ५ गते नियन्त्रणमा लिएको थियाे । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads