बीरगंज १० भदाै । युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बू डेंगु सङ्क्रमण भएका छन ।
शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेंगु सङ्क्रमण देखिएपछि उपचारकालागि मन्त्री लिम्बू वीर अस्पताल भर्ना हुनु भएकाे थियाे।
चेकजाँचमा उहाँमा डेंगु संक्रमण देखिएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशन राईले जनाए।
मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेंगु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौं फर्किनु भएकाे थियाे।
वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा. ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेका छन ।
मन्त्री लिम्बूलाई भेट्न शनिबार साँझ स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेत वीर अस्पताल पुग्नु भएका थिए।
उहाँले मन्त्री लिम्बूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले बताउनु भयाे ।