बीरगंज ११ भदाै । सचिव बढुवा समितिले सहसचिवहरू दिनेश कुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेललाई सचिव बढुवामा सिफारिस गरेको चर्चामा छ ।
गत भदौ पाँच गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोपीकृष्ण खनाल निवृत्त भएपछि रिक्त एक पदका लागि बढुवा समितिले तीन जनाको नाम सिफारिस गरेका छन ।
लोक सेवा आयोगको अध्यक्ष रहने बढुवा समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको चर्चा छ । यसअघि गत असार १८ गते बसेको सचिव बढुवा समितिले घिमिरेलाई दोस्रो नम्बरमा सिफारिस गरेको थियो ।
पाँच सदस्यीय बढुवा समितिमा आयोगका अध्यक्षसहित आयोगकै सदस्य, मुख्य सचिव, सामान्य प्रशासन सचिव र एक जना विशेषज्ञ रहन्छन् ।