ads
neelambads

ट्रकमा आगजनी, आगो निभाउन आएको दमकल ताेडफाेड


रौतहट ७ भदौ । रौतहटको चन्द्रपुरमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयद्वारा विरोध प्रदर्शन गर्नुकोसाथै आगो निभाउन आएको दमकलमा समेत तोडफोड गरेका छन् ।

सिमेन्ट बोकेर आउँदै गरेको ना ६ ख १५०० नं. को ट्रकले रौतहटको चन्द्रपुरमा ठक्कर दिदा पैदल यात्री होममाया मगर बिमलीको मृत्यु भएको थियो । 

चन्द्रपुर वडा नं.  १ की बिमलीको मृत्युपछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । भने स्थानीयले आगो निभाउन गएको चन्द्रपुर नगरपालिकाको बारुणयन्त्रमा समेत तोडफोड गरेका छन् ।

ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।



Post a Comment

Previous Post Next Post
neelambAd
ads