ads
neelambads

भारतीय युवक साढे २० लाख रुपैयाँसहित पक्राउ



बीरगंज २२ भदाै । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरीले स्रोत नखुलेको  २० लाख ५० हजार रुपैयाँसहित एक भारतीय युवकलाई पक्राउ गरेको समाचार छ ।

 पक्राउ पर्ने भारत बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सरायमा बस्ने २० वर्षीय राजेश साह रहेका छन् ।

शुक्रबार दिउँसो करिब १ ः ३० बजेको समयमा एक भारतीय युवक नेपाली रुपैयाँ पैठारी गरी आफ्नो साथमा लुकाई छिपाई ओसार पसार गरी ल्याई रहेको सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित सडकमा युवकलाई रकमसहित नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जनाए ।

युवकलाई चेकजाँच गर्दा उनले पिठ्युँमा बोकेको कालो रंगको झोला भित्रबाट नेपाली रकम १ हजार दरको नोट १ हजार ८५० थान र ५ पाँच सय दरको नोट ४ सय थान गरी २० लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रवक्ता गौतमले बताए । 

बरामद गरिएको रकमसहित युवकलाई आवश्यक कारबाहीकालागि भन्सार कार्यालय जनकपुर पठाएको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads