ads
neelambads

बिद्युतको तार सर्ट भई कपडा गोदाममा आगलागी हुँदा १७ लाखको क्षति

 

सिरहा ३० कार्तिक । सिरहाकाे गोलबजार नगरपालिका वडा नं. ६ राधाकृष्ण मन्दिर टोल बस्ने ३७ वर्षीय दुर्गेश कुमार साहको कपडा गोदाममा बुधबार राति आगलागी हुँदा गोदामभित्र रहेका लत्ताकपडा समेत जलेर करिब १७ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको समाचार छ ।

बिद्युतको तार सर्ट भई गोदाममा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र बेश क्याम्प गोलबजारबाट खटी गएको टोलीले स्थानिय र दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Post a Comment

Previous Post Next Post
neelambAd
ads