बीरगंज २ मंसिर । कलैया उपमहानगरपालिका वडा नं. १८ मोतीसर गाउबासीको अभियान आफनो गाउ टोल आफै सर - सफाइ गरौ भन्ने मुल नारा सहित मोतीसर गाउबासीले सरसफाइ गर्दै आएका छन ।
हिन्दुहरूको महान शुभ दिपावाली तथा छठ पर्वको शुभ अवसारमा बिशेष सरसफाइ गर्नकालागी समाजसेवी अनिल यादवले स्थानिय ज्योती क्लबका सदस्यलाइ १५ थान भेस्ट प्रदान गर्नु भयो ।
भने सरसफाइ गर्नकालागी १ पाकेट गलप्स, १ पकेट माक्स र ६ थान झाडु प्रदान गरेका छन ।
उक्त क्लबका सदस्यहरूले सो समाग्रीले छठ पुजा स्थल तथा पोखरीको समेत बिशेष सरसफाइ गरी स्थानीयवासीको सहयोगमा विशेष छट पुजा स्थल पोखरीको श्रृङ्गार गर्न लागेको कुरा छठ पुजा समितिका अध्यक्ष बिनोद प्रसाद साहले जनाएका छन ।