ads
neelambads

राष्ट्रिय खेलकुद परिषद्का स्थायी कराते प्रशिक्षक विनोद राउत र अमर सुवेदीलाई ८ वर्ष जेल

 

बीरगंज २२ कार्तिक । सामूहिक बलात्कार घटनामा दोषी ठहर भएका कराँतेका दुई प्रशिक्षकलाई मोरङ जिल्ला अदालतले कैद र जरिवाना फैसला गरेको समाचार छ।

विराटनगर वडा नं. ३ र विनोद राउत र विराटनगर वडा नं. ४ का अमर सुवेदीलाई समान ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने गरी फैसला भएको हो। बुधबार न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले सो फैसला गरेको छ।

जबरजस्ती करणी तर्फ ७ र सामूहिक करणी तर्फ १ गरी दुवैलाई समान ८ वर्षको कैद सजाय गरेको छ। अदालतले एक साताअघि दुवै जनालाई कसूरदार ठहर गरे पनि  सजाय भने तोकेको थिएन।

राउत र सुवदी दुवै जना राष्ट्रिय खेलकुद परिषद्का स्थायी प्रशिक्षक हुन्। 

गत वर्ष जेठमा दुवै जनाविरुद्ध विराटनगरको एक होटलमा सामूहिक बलात्कार गरेको भनेर इटहरीकी एक युवतीले जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएकी थिइन्। 

जाहेरीपछि दुवै २०७९ साउन ८ गते पक्राउ परेका थिए।

Post a Comment

Previous Post Next Post
neelambAd
ads