ads
neelambads

.... राज्य व्यवस्था तथा सुशासन समितिले एआईजी ज्ञवालीको जन्ममिति छानबिन गर्न निर्देशन

 

बीरगंज २ मंसिर । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक ( एआईजी ) श्यामलाल ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको समाचार छ । 

जन्ममिति ढाँटेर प्रहरी सेवा प्रवेश गरेको भन्दै उजुरी परेपछि संसद्को राज्य व्यवस्था समितिले शुक्रबार गृह मन्त्रालयलाई पत्र लेखी एआईजी ज्ञवालीको कागजातमाथि छानबिन गर्न र्निदेशन दिएका छन । 

ज्ञवाली २०५१ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन् । गृह स्रोतका अनुसार ज्ञवालीमाथि छानबिन गर्न पठाइएको पत्रमा समिति सभापति रामहरि खतिवडाले तोक लगाएका छन् ।

नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको भन्ने विषयमा ज्ञवालीविरुद्ध २०७९ फागुन १४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । 

तर, प्रारम्भिक छानबिनपछि अख्तियारले प्रमाण खुलेमा कानुनबमोजिम हुने गरी भन्दै वैशाख १४ मा उजुरी तामेलीमा पठाएको थियो ।

नागरिकतामा ज्ञवालीको उमेर २०२४ चैत २१ र प्रहरीको सिटरोलमा २०२५ भदौ २६ उल्लेख छ । तर, नागरिकतामा उल्लेख उमेर नै कायम हुने गरी अख्तियारले उजुरी तामेलीमा पठाएको थियो । 

त्यसअघि गृहले पनि उमेर विवाद नरहेको व्यहोरासहित राय दिएको थियो । 

त्यसपछि एआईजी ज्ञवालीको उमेर विवादको विषय सतहमा आएको थिएन । तर, संसदीय समितिले एकाएक फेरि छानबिनका लागि गृहलाई निर्देशन दिएको छ । 

ज्ञवाली हाल प्रहरी प्रधान कार्यालय कार्यविभाग प्रमुख रहेका छन ।

त्यसअघि उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख रहेकै बेला नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने अपराधमा संलग्न राजनीतिक, प्रशासनिक र बिचौलियाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो ।

शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतका शक्तिशाली व्यक्ति समेत पुर्पक्षका लागि जेल गएका थिए ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads