बीरगंज २२ कात्तिक। आरती साहलाई न्याय दिन माग गर्दै काठमाडौंको माइतीघरमा उनको माइती पक्षले धर्ना जारी राखेको छ ।
बुधबारको धर्नामा आम जनता पार्टीका अध्यक्ष प्रभु साह समेत सहभागी भएकाे खबर छ ।
जनकपुर उपमहानगरपालिका वडा नं. ९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी आरती गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् ।
साहको दाइजोका कारण परिवारले हत्या गरेको माइती पक्षको दाबी छ । घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै साहको परिवार लामो समयदेखि धर्नामा बस्दै अाएकाे छ ।
गृह मन्त्रालयले साहका बुवा विनोद प्रसाद साहलाई पत्र पठाएर आधिकारिक प्रतिनिधि तोकेर वार्तामा आउन आग्रह गरेको थियो ।
तर सरकार र आरती पक्षबीच वार्ता हुन सकेको छैन ।