ads
neelambads

२ सय ८५ केजी अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ


बीरगंज २२ माघ ।  काभ्रेकाे पनौती नगरपालिका - ५ आईटी पार्कस्थित सडकबाट २ सय ८५ केजी अवैध लागूऔषध गाँजासहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको समाचार छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट बिदुर नगरपालिका(११ घर भई काठमाडौं बालाजु डेरा गरी बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप, रामेछाप नगरपालिका - ८ घर भई काठमाडौं बालाजु डेरा गरी बस्नेहरू २० वर्षीय संजिब तामाङ र ५३ वर्षीया बिमला तामाङ रहेका छन् ।

प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा ६ च २९६ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा प्लाष्टिकको ७३ वटा बोरामा रहेको उक्त परिमाणको अप्रशोधित गाँजा फेला पारी चालक बुद्धमान र गाडीमा सवार संजिब र बिमलालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads