ads
neelambads

मरणो परान्त आँखा दानले अर्को दुइ जनाले नेत्र ज्योति गुमाएकाले आँखा देख्न पाउने ः प्रकाश कुमार वर्मा

 

बीरगंज २९ फागुन । बीरगंज महानगरपालिका वडा नं. ७ रामटोल बस्ने मदनलाल कादमिया कि ममतामयि आमा गंगादेवी कादमियाको आइतबारको राति एक बजे ८५ बर्षको उमेरमा कालगतिले मृत्यु भएकि छिन । 

उनको तिन जना छोराहरू मदनलाल कादमिया, महेश कुमार कादमिया, राजेश कुमार कादमिया रहेका छन ।

निजका परिवारहरूको राय अनुसार आँखा दान गर्न निर्णय गरिएकाे थियाे । 

उनका आमाको पुर्व इच्छा अनुसार नै राम कुमार महाविर प्रसाद केडिया आँखा अस्पतालले सेवाको ४९ वर्ष पुरा गरी ५० औं वर्ष मनाइ रहेकोमा बिभिन्न कार्यक्रम मध्ये आँखा दान लिने र मरणौ उपरान्त संकलन गरी नेपाल आँखा बैंकमा जम्मा गराउने जानकारी आँखा अस्पतालका ब्यवस्थापक प्रकाश कुमार वर्माले जनाए ।

हाल सम्पन्न मधेश प्रदेशमा आँखा बैंक नरहेकोले काठमाण्डाै स्थित रहेकाे तिलगंगा अस्पताल सँग समन्वय गरि नेपाल आँखा बैंकमा जम्मा गराउदै आएको बताए ।

राम कुमार महाविर प्रसाद केडिया आँखा अस्पतालमा पनि आँखा बैंक स्थापनाका लागी पहल भइ रहेको  जानकारी सहित उक्त बैंक स्थापनामा लाग्ने खर्चको लागी स्थानिय स्तरमा सहयोगकोलागी आग्रह समेत गर्नु भएको छ ।

आज आँखाको नानी संकलन टोलीको नेतृत्व नेत्र अधिकृत हरीकान्त साहले गर्नु भएको थियो । भने समन्वय एवं सहकार्य शान्ति दिप अभियानका अध्यक्ष हरिशचन्द्र शर्मा एवं अस्पताल ब्यवस्थापक वर्माले गर्नु भएका थिए । 

अस्पताल ब्यवस्थापक वर्माका अनुसार मृत ब्यक्तिको धार्मिक रिति रिवाज अनुसारको संस्कार पछि आँखा जलेर जाने वा गलेर जान्छ तर दान गरी दिएमा अर्को दुइ जनाले आँखा देख्न पाउने वा आँखाको नानीमा भएको गडबडीले नेत्र ज्योति गुमाएकाले पुन ः दृष्टि पाउने जानकारी गराए ।

त्यसर्थ समाजमा रहेका सम्पुर्ण महानुभावहरूलाइ मृत्यु पश्चात आँखा दान गर्न उत्प्रेरित गर्दै यस पुनित कार्यमा सहभागी हुन समेत अस्पताल ब्यवस्थापक वर्मा आग्रह गर्नु भएकाे छ । 


  

Post a Comment

Previous Post Next Post
neelambAd
ads