ads
neelambads

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरयाे


बीरगंज ३० चैत्र । जनता समाजवादी पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार छाड्न दबाब दिएपछि जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई सरकार छाड्न सन्देश पठाएका थिए । 

माओवादीले मधेसको सरकारबाट आफ्नो दलका तर्फबाट मन्त्री रहेका भरतकुमार साह र युवराज भट्टराईलाई फिर्ता बोलाएको थियो । उनीहरूले आइतबार मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएका थिए ।  त्यसलगत्तै उपप्रधानमन्त्रीलाई पदबाट राजीनामा दिन प्रधानमन्त्रीले सन्देश पठाएको सूत्रले जानकारी दिएको छ । एमालेका तर्फबाट मन्त्री रहेकाहरूले पनि आजै राजीनामा दिएका थिए । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads