ads
neelambads

पर्साकाे भिस्वामा केडिया आँखा उपचार केन्द्रमा सर्जिकल सेन्टरको समुदघाटन


वीरगंज ०६ असार। नेपाल नेत्रज्योती संघ राम कुमार महावीर प्रसाद केडिया आँखा अस्पतालले आफ्नो ५०औँ वर्षगाठ मनाइ रहेको उपलक्ष्यमा भिस्वा बजार पर्सामा संचालित रहेको आफ्नो आँखा उपचार केन्द्रलाइ सर्जिकल सेन्टरको रूपमा स्तरोन्नती गरेर बुधबार उद्घाटन गरेको समाचार छ । 

उक्त आँखा उपचार केन्द्रलाइ सर्जिकल सेन्टर बनाउन सेवा फाउन्डेसन नेपालले आर्थिक सहयोग गरेको  थियो ।

    भिस्वा सर्जिकल सेन्टरको उद्घाटन समाहरोको सभापतित्वअस्पताल ब्यवस्थापन समितिका अध्यक्ष एंवम उधोगपति राजेश केडियाले गर्नु भएको थियो भने प्रमुख अथिति छिपहरमाइ गाउँपालिकाको उपाध्यक्ष श्रीमति लिलावती देवी रहनु भएकी थिइन । 


यस्तै विशिष्ट अतिथिमा छिपहरमाइ गा. पा. वडा नं. ५ को अध्यक्ष मौजिलाल साह, श्याम कुमार पोखरेल, भगवती प्रसाद चौधरी, सेवा फाउन्डेशनका प्रोग्राम प्रशासक प्रफुल श्रेष्ठ, छिपहरमाइ गा. पा. का प्रमुख प्रशासकिय अधिकृत सनि कुमार, केडिया आँखा अस्पतालका मेडिकल डायरेक्टर डा. नितिन तुलस्यान सिक्टा, बिहारका मुखिया राजन चौरसिया र छिपहरमाइ गा. पा. का उपप्रमुख प्रतिनिधि किशोरी साह कानु रहनु भएको थियो । 


कार्यक्रमको संचालन केडिया आँखा अस्पतालका अस्पताल ब्यवस्थापक प्रकाश कुमार वर्माले गर्नु भएको थियो ।

    अस्पताल ब्यवस्थापक प्रकाश कुमार वर्माका अनुशार अब भिस्वा र अस्पताल क्षेत्रका आँखा रोगीहरूको आँखा अप्रेशन गराउन वीरगंज गइ रहन पर्दैन भिस्वा आँखा सर्जिकल सेन्टरमा नै अप्रेशन हुने ब्यवस्था गरी अप्रेशन थिएटर र उपकरणहरूको ब्यवस्था भइ सकेको जानकारी गराउनु भयो ।

    आजको यस उदघाटन कार्यक्रममा छिपहरमाइ गा। पा। का वडा अध्यक्षहरूको उपस्थिति सहित जनसाधारण, समाजसेवी समेतको वाकलो उपस्थिति रहेको थियो । 

भिस्वा बजार सहित सिक्टाका मुखिया लगायत सिक्टाबाटनेता , समाजसेवी  एंव जनसाधारणको पनि उपस्थिति रहेको थियो ।

    यस उदघाटन कार्यक्रममा बक्ताहरूले राख्नु भएको विचारहरूमा केडिया आँखा अस्पतालको यस कार्यको सराहना गर्दै समाजले पनि यस सर्जिकल सेन्टरलाइ यस समाजको गहनाको रूपमा संरक्षण र सम्वर्धन गर्न प्रतिवद्ध रहेको विचार ब्यक्त गर्नु भयो । 

यसका साथै स्थानिय तहले पनि भविष्यमा बजेट विनियोजन गरी अस्पतालबाट सेवा खरिद गर्न र यस सर्जिकल सेन्टरलाइ आँखा अस्पतालको रूपमा विकास गर्दै जानेविचार समेत ब्यक्त गरिएको थियो ।


                                                                                                                                                                               

Post a Comment

Previous Post Next Post
neelambAd
ads