ads
neelambads

बाराकाे कल्याणपुर सडकमा बर्खाकाे पानीले सडक पाेखरीमा परिणत


बारा २० आषाढ । बारा जिल्लाको देवताल गाउपालिकाको कल्याणपुरमा बर्षाको पानी बग्ने सडक वरिपरी रहेको ३ फिट कच्ची नालालाइ जग्गाधनीहरूले माटाेले पुरेर नाला अवरोध गर्नाले शिव मन्दिर नजिक रहेको  सडकमा बर्षाको पानी जम्न गइ आवत जावत समेत केही दिनदेखी अवरोध भएको थियाे ।


उक्त सडक बर्षाको पानीले भएको अवरोध खोलाउन कल्याणपुरबासीहरूले देवताल गाउपालिका वडा नं. २ को समितीमा लिखित निबेदन समेत दर्ता गराएका थिए ।

तर सो वडाका वडाध्यक्ष मनोरोदिन ठकुराइले कुनै किसिमको सुनुवाइ नगरेको कुरा स्थानियबासीले जानकारी गराए ।

त्यस पश्चात बाध्यभइ कल्याणपुरबासीहरूले प्रहरी चौकी दक्षिण झिटकैयामा तिन दिन अगडी लिखित उजुरी दर्ता गराउन पुगे ।

साे सडक अवराेध खाेलाउन बुधबार बिहान  ७ ः ३० बजे प्रहरी चौकी दक्षिण झिटकैयाका इन्चार्ज बोध नारायाण यादव, देवताल गाउपालिका कार्यालयका बोर्ड सदस्य किशुन देव ठाकुर, स्थानियबासी मदन सिहं, प्रमोद मिश्रा, सुरेश कुवर, बसिर मिया धोबी, दशरथ महतो, दुर्गा महतो , सोनु कुमार सिहं, राजिन्द्र सिहं, बिनोद मिश्रा, हनिफ मिया,अवास मिया, इस महम्मद मिया, हसिन मिया अंसारी, शिवनारयाण ठाकुर, नागिन्द्र यादव, राम अशिष महतो, इद्रिस मिया, गफार मिया, सुरेश पाल, कृष्णा सिहं, सुरूज महतो लगायात बुद्धिजिवी र समाजसेवीहरूको बिशेष पहलमा सडक वरीपरी नालामा माटोले पुरीएको नालालाइ पुन टोलबासीहरूले कोदालोले माटो खनेर कच्ची नाला निर्माण गरी उक्त बर्षाको पानी बगाएर सडक अवरोध खोलाएका छन ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads