ads
neelambads

राजस्व अनुसन्धान कार्यालयकाे भुमिका प्रति सर्व साधारण जनताकाे प्रश्न



बीरगंज २० असार । पर्सा, बारा, राैतहट र सर्लाही जिल्लाकाे जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले भारतबाट राजस्व छलेर ल्याइएकाे कराेडाै रूपैयाकाे बिभिन्न मालसमानहरू पक्राउ गरी बाराकाे राजस्व अनुसन्धान कार्यालय पथलैयामा कारवाहीकालगी पठाइएकाे पत्रकार सम्मेलन मार्फत एकातिर सार्बजनिक गर्दै अाइरहेका छन ।

भने अर्काेतिर राजस्व छलीका बिभिन्न मालसमानहरू प्रहरीले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालयमा  बुझाएकाे  मालसमानकाे के कस्ताे कारवाही भयाे ? त्यसबाट सरकारलाइ कति राजस्व प्राप्त भयाे ? प्रहरीले पक्राउ गरेकाे मालसमान राजस्व छलीकाे हाे कि हाेइन ? राजस्व अनुसन्धान कार्यालयले मालवाहक ट्रकसँग कति भि.सि.टि.एस.फाइन गरयाे ? अहिले सम्म किन सार्वजनिक नगरेका हुन सम्बन्धित निकाय किन माैन छन ? सर्व साधारण जनताकाे प्रश्र रहेछ ।

साे जनताकाे प्रश्न अनुकुल यस दैनिक पत्रिकाका सम्पादक कन्हैया गुप्ताले राजस्व अनुसन्धान कार्यालयका प्रमुखसँग माैखिक सुचना माँग गर्दा सुचना अधिकारीद्वारा सुचना उपलब्ध गराइ दिने बाचा गरेकाे भएपनि अहिले सम्म सुचना उपलब्ध  गराएका छैनन् ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads