बीरगंज २ फागुन । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ( लिजा ) मा मधेश प्रदेशको नतिजा कमजोर देखिएको समाार छ ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८० / ०८१ स्थानीय तहको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पालिकाहरू कमजोर देखिएका छन् ।
पाँचवटा बाहेक १२९ पालिकाले ६० अंक समेत कटाउन सकेको छैन । मधेशको १३६ पालकिामध्ये पर्साको ठोरी गाउँपालिका प्रथम भएको छ । उसले ७१.२ अंक प्राप्त गरेर प्रदेशमै प्रथम भएको छ ।
यस्तै पर्साकै पटेर्वाकै सुगौली गाउँपालिका ६३.५ अंकसहित दोस्रो भएको छ । भने ६२.४ अंकसहित बाराको प्रसौनी गाउँपालिका तेस्रो र ६२.१ अंक सहित रौतहटको गौर नगरपालिका चौथो भएको छ ।
यस्तै ६१.५ अंकसहित बाराको परवानीपुर गाउँपालिका ६१.५ अंकसहित पाँचौँ भएको छ । अन्य पालिकाहरूले ६० भन्दा माथि अंक ल्याउन सकेको छैनन् ।
यसभन्दा अघिल्लो वर्ष ८३.७५ अंकसहित धनुषाको औरही गाउँपालिका प्रथम भएको थियो । यसपटक सो पालिका ४३.१ मात्र ल्याएर ४० अंक तल झरेको छ ।
उपमहानगर र महानगरको नतिजा कमजोर देखिएको छ ।
मधेशको एक मात्र वीरगंज महानगरपालिका ४३.१ मात्र पाएको छ । अघिल्लो वर्ष दोस्रो ८१.२ अंकसहित दोस्रो भएको बाराको कलैया उपमहानगरपालिका ५८.१ अंकमा सीमित भएको छ ।
जितपुर सिमरा उपमहानगर ४४ र जनकपुरधाम उपमहानगरपालिका ३५.८ अंक मात्र ल्याएको छ ।
प्रतिक्रिया