सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

दुबईबाट १ केजी सुन ल्याए बापत भरियालाई ५ सय डलर

580

 
बीरगंज २१ फागुन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वाकथ्रु गेट पार गरिसकेका ४ जना उज्वेकिस्तानका नागरिक फागुन १४ मा साँझ पक्राउ परेका थिए । 

पक्राउ गरेको करिब ३ घण्टाको प्रयास पछि आरोपीहरूले मलद्वारमा लुकाएर ल्याएको सुन प्रहरी अधिकृतहरूले बरामद गरेकाे थियाे  । 

३ जना महिलाको शरीरबाट ३ केजी ७४५ ग्राम सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्र राठौरले जनाए । 

४१ वर्षीय तुरसुनोभ सारदोर चाहिँ सुनको मालिक भएको अनुसन्धान अधिकृतहरूको आशङ्का छ । सारदोरको साथमा भने सुन भेटिएन ।

सुन ल्याउनेमा उज्वेकिस्तानको तास्केन्त सिटीमा बस्दै आएका ४९ वर्षीया फेजिभा साउदत, ४८ वर्षीया अख्मेदोभा उमिदा र ५४ वर्षीया मारिफालिभा दिलफुला छन् । 

तीनैजना फ्लाई दुबईको एउटै उडानमार्फत नेपाल आएका हुन् । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान र कानुनी कारबाही गर्न भनेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ । 

विमानस्थल भन्सार कार्यालयका उपसचिव अर्जुन न्यौपाने नेतृत्वको टिमले त्यसबारे अनुसन्धान गरिरहेको छ । भने विमानस्थल भन्सार कार्यालयका उपसचिव शान्तिराम निरौला भन्छन्, ‘अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेका छौँ ।’

तास्केन्तबाट दुबई हुँदै नेपाल आएका उनीहरू सामान्य महिला हुन् । उमिदा र दिलफुला एउटै परिवार भित्रका दिदी बहिनी हुन् । अर्की आरोपी साउदत्तले लुकाएर ल्याएको १ केजी ३३ ग्राम सुनको मालिक पुरुष व्यक्ति सारदोर भएको प्रहरी अधिकृतहरूको आशङ्का छ । विमानस्थल सुरक्षा कार्यालयले विमानस्थल भन्सार कार्यालयलाई बुझाएको प्रहरी प्रतिवेदनमा पनि सो कुरा उल्लेख छ । तर, सारदोरले चाहिँ त्यसबारे अस्वीकार गरेका छन् । 

आफूले मलद्वारमा लुकाएर ल्याएको सुन दुबईबाट कसले पठाएको र सँगै आएका पुरुषको ‘कनेक्सन’बारे साउदत्तले केही बताएकी छैनन् ।

उमिदा र दिलफुजाले अनुसन्धान अधिकृतहरूसँग भनेका छन्, ‘पुरुष व्यक्ति सारदोरसँग हाम्रो सम्बन्ध छैन, फ्लाइटमा संयोगले सँगै परेका हौँ ।’ प्रहरीले उमिदाको साथबाट १ केजी २०५ ग्राम र दिलफुजाको साथबाट १ किलो २१ ग्राम सुन बरामद गरेको छ ।

मलद्वारमा लुकाएर लिएर आएका तीनैजना महिला सामान्य परिवारका हुन् । सुन ल्याउने साउदत्त शारीरिक रूपमा अशक्त छिन् । 

दुबईबाट काठमाडौँसम्म सुन बोकेर अाएबापत उनीहरूलाई ५ सय डलर दिने आश्वासन तस्करले दिएको अनुसन्धानबाट थाहा भएको छ । पाँच सय डलरको नेपाली रुपैयाँ करिब ७० हजार हुन्छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका एक जना अधिकृत भन्छन्, ‘काठमाडौँसम्म सुन ल्याएबापत एक जनालाई ५ सय डलर दिन्छु भनेर तस्करले भनेका रहेछन् ।’

नेपालमा पुगेपछि होटलमा पैसा नलाग्ने र चन्द्रागिरिमा घुमाइदिने सर्तमा उनीहरू दुबईबाट मलद्वारमा सुन लुकाएर नेपाल आएको भेटिएको छ । 

अनुसन्धान अधिकृत भन्छन्, ‘चन्द्रागिरि घुमाउने र होटल खर्च नलाग्ने भनेर तस्करले आरोपीहरूलाई सुनको भरियाको रूपमा प्रयोग गरेको देखिन्छ ।’

दुबई विमानस्थलमा वाकथ्रु गेट पार गरिसकेपछिको शौचालयमा गएर उनीहरूले मलद्वारमा सुन लुकाएका हुन् । भन्सार कार्यालयका एक जना अधिकृत भन्छन्, ‘तस्करले वाकथ्रु गेट पार गरिसकेपछि शौचालयमा लगेर सुन लुकाउन लगाउने रहेछन् ।’

तस्करले उनीहरूलाई ‘कोड भाषा’ दिएर पठाउँछन् । काठमाडौँ विमानस्थलमा आएपछि पार्किङमा ‘कोड भाषा’ भन्नेसँग जान र सुन दिन उनीहरूलाई भनिएको हुन्छ ।

आरोपीहरू यसअघि पनि पटक–पटक नेपाल आएको भेटिएको छ । साउदत्त चौथोपटक काठमाडौँ आएकी हुन् । उमिदा तेस्रो पटक काठमाडौँ आएकी हुन् । दिलफुजा भने यसपटक मात्रै काठमाडौँ आएको ट्राभल हिस्ट्री भेटिएको छ ।  

यसअघि पनि पटक–पटक नेपाल आएका ४१ वर्षीय तुरसुनोभ सारदोरले चाहिँ आफू व्यापारको लागी नेपाल आउने गरेको जनाएका छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘मेरो व्यापार छ ।’

सारदोर अहिलेसम्म कत्ति पटक नेपाल आएर फर्किए भन्ने विवरण विमानस्थल अध्यागमन कार्यालयसँग माग गरिएको अनुसन्धान अधिकृतहरूले बताए ।



प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,56,crime,57,entertainment,5,health,17,main news,91,news,49,newspaper,9,politics,57,sports,13,tech,5,world,15,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : दुबईबाट १ केजी सुन ल्याए बापत भरियालाई ५ सय डलर
दुबईबाट १ केजी सुन ल्याए बापत भरियालाई ५ सय डलर
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEivRQj2-lwUGgLGTN2TNxaIUz9IBYNLHfGEeCP4jw5pVlGaqZgTHo8dr1hXfkadqE6yfs7UIpAfAHoLlrke4p6uvIV4UtAPM8GwKiWaY7_-7RG6Ic-9Yu2ogGcmpu7jHgBIphyphenhyphenqNY7a4st12_p3tL56Ea2S2-QRWU2aFAPSd7GPxNv8yuikNHi-UWFiucU/w640-h338/gold-smuggling_U3tkEZrSEE.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEivRQj2-lwUGgLGTN2TNxaIUz9IBYNLHfGEeCP4jw5pVlGaqZgTHo8dr1hXfkadqE6yfs7UIpAfAHoLlrke4p6uvIV4UtAPM8GwKiWaY7_-7RG6Ic-9Yu2ogGcmpu7jHgBIphyphenhyphenqNY7a4st12_p3tL56Ea2S2-QRWU2aFAPSd7GPxNv8yuikNHi-UWFiucU/s72-w640-c-h338/gold-smuggling_U3tkEZrSEE.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/03/blog-post_32.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/03/blog-post_32.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content