विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

३० लाख भन्दाबढी जनतालाइ सेवा दिने अस्पतालकाे भवन जीर्ण, स्वास्थ्यकर्मी बसे सडक धर्नामा

580

वीरगंज, १८ माघ । नारायणी अस्पताल वीरगंजलाइ ५ सय शय्याको अस्पतालकाे भवन निर्माण गर्नुपर्ने माग गर्दै  स्वास्थ्यकर्मीको टोली शुक्रवार बिहान सडकमा धर्ना बसेको समाचार छ  ।

नेपालकै पुरानो अस्पताल मध्ये एक नारायणी अस्पतालको भौतिक संरचना जीर्ण भएको भन्दै डा. नीरज सिंहको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोली शुक्रवार बिहान प्लेकार्ड सहित सडकमा धर्ना दिएका छन ।

अस्पताल जीर्ण भएपछि उपचार सेवा लिन आउने बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्नु परेको छ । दशकौं देखि स्थानीय दाताहरूले बनाइदिएका पुराना भवनहरूमा अस्पताल सञ्चालन हुँदै आएको छ । उक्त अस्पताललाई राज्यले उपेक्षा गर्दै आएको समेत जनाए ।

श्री ५ पृथ्वी वीरविक्रम शाह देवको आदेशअनुसार काठमाडौं उपत्यका बाहिर जनताकाे लागि बीरगंजमा नारायणी अस्पतालको स्थापना गरिएको थियो ।

हाल नारायणी अस्पताल ३०० शैया सहित सञ्चालनमा रहेकाे छ, तर यसको भौतिक संरचना निकै जीर्ण भइसकेको छ । 

नेपालको अन्य केन्द्रीय सरकारी अस्पतालको नयाँ भवन निर्माण भइसकेको भए पनि नारायणी अस्पताल अहिले सम्म पुरानै जीर्ण भवनमा सीमित चिकित्सकहरुले अस्पतालमा आएका बिरामीहरूको उपचार गर्नु पर्ने बाध्यता रहेको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७४ / ७५ को एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेशमा ५०० सैयाको अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो। 

सोही योजनाअन्तर्गत नारायणी अस्पतालकालागि करिब १ अर्ब ५५ करोड रुपियाँको अनुमानित लागत सहित टेन्डर प्रक्रिया अघि बढाइएको थियो। 

तर बोलपत्र प्रक्रियामा देखिएको विवादका कारण अस्पताल भवन निर्माणको प्रक्रिया अदालतमा न्यायिक निरूपणको चरणमा पुगेको छ ।

अस्पतालको नयाँ भवन निर्माण नहुँदा अस्पतालमा आउने पर्सा, बारा, रौतहट, सर्लाही लगायत जिल्लाका गरीब निमुखा बिरामीहरू अस्पतालको चिसो बरण्डामा मैट ओछयाएर स्वास्थ्यकर्मीसँग उपचार गराउँदै आएका छन । 

अस्पतालका विभिन्न बिभागका भवनहरू जीर्ण भइसकेकाे छ । जसले गर्दा बिरामी, कुरूवा तथा स्वास्थ्यकर्मी सधैं अस्पतालको भवन कहिले भत्किने हो वा भुइकम्पमा जाने हो भन्ने डर मन भित्र भइराख्ने गरेको स्वास्थ्यकर्मीले जनाए ।

डा. सिंहको नेतृत्वमा स्वस्थ्यकर्मीको टोलीले नयाँ भवन निर्माणकालागि सरकारलाई पहिलो पल्ट दबाब तथा  सरकारकाे ध्यानाकर्षण गराउनकालागी आज बिहान त्रिभुवन राजपथ अवरूद्ध गरेकाे थियाे।

भवन निर्माण संयोजन समितिका अध्यक्ष समेत रहेका डा. सिंहले देशभरका केन्द्रीय सरकारी अस्पतालकाे नयाँ भवन निर्माण भइसकेको तर वीरगंजको नारायणी अस्पताल अझै पुरानै जीर्ण भवनमा सीमित छ ।

भवनको अवस्था यति जीर्ण छ । कि उपचार गरिरहेका बेला कुन क्षण भवन खस्छ भन्ने ठेगान छैन । साे अस्पतालमा लाखौं जनता भर परेका छन । तर, सरकारले अझै ध्यान नदिएको डा. सिहंले संचारकर्मीलाइ बताए ।

नारायणी अस्पतालले बारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लाका साथै छिमेकी भारतका समेत गरी झन्डै ३० लाख जनसंख्यालाई सेवा दिंदै आएको छ ।

तर भौतिक संरचनाको अभावले गर्दा स्वास्थ्यकर्मीले आफ्नो सम्पूर्ण क्षमता अनुसार सेवा दिन नसकेको जनाए ।

नेपाल सरकारको नीति अनुसार अस्पताल भवन भूकम्प प्रतिरोधात्मक मापदण्डअनुसार निर्माण गर्नुपर्ने प्रावधान छ । तर नारायणी अस्पताल आफैंले तोकेको मापदण्ड विपरीत जीर्ण अस्पतालको भवनमा बिरामीकाे उपचार सेवा सञ्चालन संचालन गर्दै आएकाे छ।

भूकम्पीय दृष्टिकोणले संवेदनशील मानिएको छ । यस किसिमकाे लापरबाहीले विपद् व्यवस्थापनमा सरकारको गम्भीरता नदेखिएको स्वास्थ्यकर्मीले जनाए।

एकातिर राजनीतिक नेतृत्वको असफलता देखिएकाे छ । भने अर्काेतिर स्वास्थ्यकर्मी र जनतामा निराशा छाएको  देखिन्छ । 

यस क्षेत्रका सांसदहरूले संसदमा पटक – पटक अस्पतालको स्तरोन्नतिको माँग उठाउँदा पनि सरकारले अहिलेसम्म सम्बोधन गरेकाे छैन।

सरकार जनताको स्वास्थ्य जस्तो कुरामा संवेदनशिल भइ गम्भीर पाइला नचालेकै कारण स्थानिय बुद्धिजिवी, नागरिक समाज तथा राजनीतिक दलमा समेत निराशा अहिले छाएको छ।

सरकारले स्वास्थ्यकर्मीको माग पूरा नगरी राज्यले बेवास्ता गरेमा स्वास्थ्यकर्मी र स्थानीय जनता सामूहिक रूपमा  आन्दोलन गर्ने अस्पतालका स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन् ।





प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide







Name

business,47,crime,20,entertainment,5,health,11,main news,54,news,32,newspaper,9,politics,42,sports,8,tech,5,world,13,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : ३० लाख भन्दाबढी जनतालाइ सेवा दिने अस्पतालकाे भवन जीर्ण, स्वास्थ्यकर्मी बसे सडक धर्नामा
३० लाख भन्दाबढी जनतालाइ सेवा दिने अस्पतालकाे भवन जीर्ण, स्वास्थ्यकर्मी बसे सडक धर्नामा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiAYwv4MQKfiwZPh6aomCHCz5TEiQd7s0-Ok78t-FlcyleOLzPoKNEQ0xisp-YoMxnZ0SuF77CawPaRaZAANklZAx5tDGl2fCmjdebN0f0z2u64JVgmKIWG-xo9k8D54gkGQEDzIXXMAGP5xKmFR72uzle6ygCabZ_wI08s5o6M2iJQW7Ee8f5zeTs21JE/s16000/1111.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiAYwv4MQKfiwZPh6aomCHCz5TEiQd7s0-Ok78t-FlcyleOLzPoKNEQ0xisp-YoMxnZ0SuF77CawPaRaZAANklZAx5tDGl2fCmjdebN0f0z2u64JVgmKIWG-xo9k8D54gkGQEDzIXXMAGP5xKmFR72uzle6ygCabZ_wI08s5o6M2iJQW7Ee8f5zeTs21JE/s72-c/1111.png
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/01/blog-post_114.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/01/blog-post_114.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content