बीरगंज १३ बैशाख । देशमा लागुऔषधको कारोबार एकातिर द्रुत गतिले फष्टाउदै गएको छ । भने अर्कोतिर सिमामा पनि त्यतिकै लागुऔषध ओसारपसार बढ्दै गएको छ ।
सरकारले पनि देश ब्यापी प्रहरी प्रशासन परिचालन गरी लागुऔषध नियन्त्रण गर्ने प्रयास गरेको भएपनि शतप्रतिशत लागुऔषध नियन्त्रण गर्न सरकार असफल भएको देखिन्छ ।
तैपनि सरकारका प्रहरी प्रशासन लागुऔषध नियन्त्रण गर्न अहोरात्र प्रयासकै दाैरानमा सुनसरीको बराहक्षेत्रबाट एक सय ७७ किलो गाँजासहित दुई जना पक्राउ गरेका छन् ।
प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १ बराहक्षेत्र मन्दिर नजिकैबाट सिलमारा बस्ने ३० वर्षीय दिपक राई र धनकुटाको शहिदभूमि गाउँपालिका वडा नं. १ छिन्ताङ्ग बस्ने ५७ वर्षीय धनबहादुर राईलाई गाँजासहित पक्राउ गरेको छ ।
झाडीमा लुकाइ राखेको अनि अर्को ठाउँमा लैजान तयारी भइरहेको अवस्थामा गाँजासहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चतराबाट खटिएको सुरक्षा टोलीले पक्राउ गरेको थियाे ।
उनीहरुलाई बरामद गाँजासहित आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी गराएको छ ।
प्रतिक्रिया