ads
neelambads

केडिया स्कुलको ३० औं बार्षिकोत्सव तथा स्व. शंकरलाल केडियाको ८८ औं जन्मजयन्ति सम्पन्न


बीरगंज २४ मंसिर । डि.ए.भी.आर.बी. केडिया स्कुल बीरगंजको ३० औं बार्षिकोत्सव तथा स्व. शंकरलाल केडियाको ८८ औं जन्मजयन्तिको शुभ अवसरमा बिधालयका निर्देशक तथा अध्यक्ष ताराचन्द केडियाको अध्यक्षतामा सो बिधालयको प्राङ्गनमा आज एक बिशेष कार्यक्रमको आयाेजना गरयाे ।


उक्त बिशेष कार्यक्रमका प्रमुख अतिथी बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले स्व. शंकरलाल केडियाको तस्विरमा फुलमाला तथा अबिर अर्पण गरीनुको साथै पानसमा दिप प्रज्जवलित गरी सो बिशेष कार्यक्रमको समुदघाटन गर्नु भयो । 


कार्यक्रममा बिधालयका बालबालिकाहरूले नृत्य, संगित, नाटक लगायत प्रस्तुती गरेका थिए । 

प्रत्येक बर्ष डिसेम्बर १० मा बिशेष कार्यक्रम मनाउदै आएको र आज ३०  औं बसन्त पुरा गरी ३१ औं बसन्तमा प्रबेश गरेको शुभ उपलक्षयमा बिधालयका निदेर्शक तथा अध्यक्ष ताराचन्द केडियाले साे बिशेष कार्यक्रममा शुभकामना ब्यक्त गर्नुको साथै बिधालयमा कार्यरत शिक्षक, शिक्षिका, कर्मचारी, अभिभावक लगायत बिधालयलाइ सहयाेग गरी अगाडी बढाउने महानुभावहरूलाइ धन्यबाद प्रकट गर्नु भएको थियो । 


भने कार्यक्रममा भारतिय महावाणिज्य दुतावास बीरगंजका शैलेन्द्र कुमार, बीरगंज उधोग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, बिधालयका उपाध्यक्ष बिजय कुमार अग्रवाल, प्रधानाध्यपक राकेश मिश्र, दिल्ली पब्लिक स्कुल बीरगंजका राजिव आनन्द, कादम्बरी स्कुलका प्रधानाध्यपक राजेन्द्र अचार्य, ज्ञान्दा एकेडेमीका सी.इ.ओ. राजेन्द्र कोइराला,प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधान, सचिव राहुल श्रीवास्तव, प्रधानाध्यापक शिव गुप्ता, परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री प्रसाद, परवानीपुर गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष गम्भिरा कुर्मी, बिन्दबासिनी गाउँपालिकाका उपाध्यक्ष ज्योति चौरसिया, वल्ड अफ वन्डरका संचालक सौरभ केडिया, केडिया आँखा अस्पतालका प्रशासन प्रमुख प्रकाश वर्मा, स्व. शंकरलाल केडियाका सुपुत्री शशी प्रभा जी,  स्व. शंकरलाल केडियाका नाती आयुष केडिया, बरिष्ठ समाजसेवी पशुपति बिक्रम शाह, महिला समाजसेवी उषा शाह, मधु शाह, खुश्बु अग्रवाल, रिपोटर्स क्लब नेपाल पर्साका अध्यक्ष तथा राष्ट्रिय दैनिक जन समर्पितका सम्पादक कन्हैया गुप्ता लगायत बिधालयका शिक्षक, शिक्षिका, अभिभावक, बालबालिका लगायत समाजका भद्रभलादमीहरूको सो बिशेष कार्यक्रममा उल्लेख्या रूपमा सहभगिता रहेको थियो ।




Post a Comment

Previous Post Next Post
neelambAd
ads