विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

सुक्खा बन्दरगाह भित्र कन्टेनरको सिल फुटाएर लाखाैकाे चोरी, छानबिन समिति गठन

580

 


बीरगंज २३ मंसिर । पर्साको वीरगञ्जमा रहेको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट लाखाै रूपैयाकाे सुकमेल चोरी भएको समाचार छ । 

काठमाण्डौमा रहेको पशुपति एक्जिम प्रालिले दक्षिण अमेरिकाको ग्वाटेमालाबाट खरिद गरी ल्याएको २० फुटे आठ वटा कन्टेनरमध्ये दुई वटा कन्टेनरको सिल फुटाएर लाखाै रूपैयाकाे सुकमेल चोरी भएका छन ।  


गएको अक्टोबर १९ तारिखमा दुबई हुँदै विशाखापट्टनम बन्दरगाह भएर एक्सप्रेस–वे कन्टेन कम्पनीका आठ वटा कन्टेनरमा खरिद गरी ल्याएको दुई सय कार्टुन सुकमेलमध्ये कन्टेनर नम्बर ईएससीयू २००२२०६ र ईएससीयू २००२२४८ को सिल हटाएर ११ कार्टुन सुकमेल चोरी भएको आयातकर्ता कम्पनीका वीरगञ्जमा रहेका प्रतिनिधि मधु बरालले संचारकर्मीलाइ जनाए । 


उहाँका अनुसार चोरी भएको ११ कार्टुनमा प्रति कार्टुन ४० किलोका दरले चार सय ४० किलो सुकमेल रहेको थियो । चोरी भएको सुकमेलको मूल्य अन्दाजी १३ लाख ४२ हजार रुपैयाँ रहेको उहाँले  बताए ।

त्यसैगरी अर्काे कन्टेनरबाट पनि चाेरी भएकाे कुरा बरालले जनाए । 

सुक्खा बन्दरगाह भन्सार सञ्चालन गर्ने प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिका कामदारकै मिलोमतोमा सुकमेल चोरी भएकाले छानबिन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको प्रतिनिधि बरालले जनाए ।

सुकमेल जाँचपास गर्न २० प्रतिशत भन्सार महसुल, १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर गरी ४३ प्रतिशत अर्थात् ८० लाख रुपैयाँ राजस्व तिर्नुपर्नेमा आयातकर्तासँग रकम अभाव भएपछि विगत दुई महिनादेखि जाँचपासका लागि त्यो कन्टेनर सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयमा अड्किएका थिए ।   

उक्त सम्बन्धमा सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय बीरगंजका भंसार प्रमुख अधिकृत डा. राम प्रसाद मैनालीले साे घटनाकाे छानबिन समिति भन्सार अधिकृत प्रमाेद दासकाे नेतृत्वमा गठन गरी सकिएकाे र छिटै घटनाकाे छानबिन हुने र दाेषीहरूमाथि कानुनी कारवाही गर्ने बताउनु भयाे ।

प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रा.लि.बीरगंजका प्रमुख अतुल सर्मासँग फाेन सम्पर्क गर्न खाेज्दा उहाँहरू उक्त कन्टेनरकाे सिल फुटाएर चाेरी गर्ने गिराेह पता लगाउनमा ब्यस्तता रहेका कारण फाेन सम्पर्क हुन नसकेकाे यस दैनिकका संवदाताले जनाए ।




प्रतिक्रिया

neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

business,33,entertainment,5,health,4,main news,25,news,18,newspaper,9,politics,19,sports,5,tech,3,world,4,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : सुक्खा बन्दरगाह भित्र कन्टेनरको सिल फुटाएर लाखाैकाे चोरी, छानबिन समिति गठन
सुक्खा बन्दरगाह भित्र कन्टेनरको सिल फुटाएर लाखाैकाे चोरी, छानबिन समिति गठन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjt6RwDaNJZD2msSmK9OBp9Ic3GJBdRcLXc2JtcTqg_3MNwUhqdrKwv5WFmwSStuZTb2_Y3Aq7qUT6MMrojeAUBxH6rnzP42qmVWW-4JijCAau1hQouhOdCmmtc4gC4gS2MASrJ9NHVDcLJQ8mW1S51TVJL2hga-64R6X03putedGdEOipPWkObN9O20cM/w640-h480/WhatsApp%20Image%202023-12-08%20at%205.37.09%20PM%20(1).jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjt6RwDaNJZD2msSmK9OBp9Ic3GJBdRcLXc2JtcTqg_3MNwUhqdrKwv5WFmwSStuZTb2_Y3Aq7qUT6MMrojeAUBxH6rnzP42qmVWW-4JijCAau1hQouhOdCmmtc4gC4gS2MASrJ9NHVDcLJQ8mW1S51TVJL2hga-64R6X03putedGdEOipPWkObN9O20cM/s72-w640-c-h480/WhatsApp%20Image%202023-12-08%20at%205.37.09%20PM%20(1).jpeg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2023/12/blog-post_4.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2023/12/blog-post_4.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content