ads
neelambads

बचतकर्ताको करोडौं रकम हिनामिना , सहकारीका सञ्चालक सम्पर्कविहीन

 

काठमाडौँ ४ माघ। बचतकर्ताको करोडौँ रकम हिनामिना गरेर जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक सम्पर्कविहीन बनेका छन् । 

काठमाडौँ महानगरपालिका वडा–३२ स्थित पेप्सीकोलाको जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक केही दिन यता फरार बनेका हुन् । 

सहकारी दाजु बहिनीले चलाउँदै आइरहेका थिए । दाजु अर्जुन कार्की सहकारीको अध्यक्ष थिए भने बहिनी आस्था कार्की पाण्डेय ऋण शाखाको प्रमुख थिइन् । 

उनीहरुले बानेश्वरमा पनि सहकारीको सेवा केन्द्र खोलेका थिए । सहकारीका कर्मचारीहरू पुस २६ गतेपछि बचत सङ्कलन गर्न हिँड्न छाडेका थिए । 

सहकारीका सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताहरूले काठमाडौँ महानगरपालिकामा मंगलबार मुद्दा दायर गरेका हुन् । 

बचतकर्ताका अनुसार सहकारीका दाजु बहिनी करिब २० करोड रकम लिएर फरार भएका हुन् । बचतकर्ताहरूले तत्काल सम्पर्कमा आएर बचतकर्ताहरूको पैसा फिर्ता आग्रह पनि गरेका छन् ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads