कन्हैया गुप्ताबाट ।
बीरगंज २५ श्रावण । सिरहाको कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित स्कुल गेट नजिकैको उकालोमा आइतबार साँझ करिब ८:०० बजे दुर्घटना भएको हो।
उत्तरबाहिनी मन्दिरबाट बन्दीपुरतर्फ आउँदै गरेको ज १ त ४८०८ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशबहादुर पालले जानकारी दिनुभयो।
दुर्घटनामा घाइते हुनेहरू:
घाइते हुनेहरू सबै धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५, रामपुर टोलका बासिन्दा हुन्:
गम्भीर घाइते: १३ वर्षीय अनुराग मण्डल (अवस्था चिन्ताजनक)
अन्य घाइतेहरू:
कृष्णा मण्डल (१७ वर्ष)
गङ्गिया मण्डल (४० वर्ष)
राहुल दास (१८ वर्ष)
प्रिन्स दास (१३ वर्ष)
गोपाल यादव (१८ वर्ष)
मोनाकुमारी मण्डल (३३ वर्ष)
चन्द्रकुमारी दास (५० वर्ष)
रामदुलारी दास (६० वर्ष)
रामकुमारी दास (४४ वर्ष)
पन्चा मण्डल (१७ वर्ष)
आशिषकुमार यादव (१७ वर्ष)
बिकी मण्डल (१२ वर्ष)
बिनाकुमारी मण्डल
कृष्णाकुमार यादव (१३ वर्ष)
दुर्घटनालगत्तै प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल पठाइएको छ।
दुर्घटनापछि ट्याक्टर चालक फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।





प्रतिक्रिया