नगर प्रमुख सिहंकाे समर्थन बीरगंजमा रैली, नागरीक समाजद्वारा सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र


वीरगंज १८ माघ । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिहंकाे समर्थनमा स्थानिय नागरीक समाजका अगुवा सहित राजनिति दलका प्रतिनिधिहरूकाे रैलीले बिहिबार बीरगंज नगर परिक्रमा गरी पर्साका प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र बुझाएका छन ।


नगर प्रमुख सिंह निर्वाचित भएदेखि अहिलेसम्मको अवधिमा वीरगंजमा गरेका विकास निर्माणका कार्यदेखि अन्य क्षेत्रको सुधार सन्तोषजनक रहेकोले वैभव वीरगंजको अभियानलाइ अगाडी बढाएका मेयर सिंहलाई राजनीतिक प्रतिसोध साध्नकालागि विभिन्न षड्यन्त्र गरेर बाधा अड्चन र विरोध गरी वीरगंजकाे विकास कार्यलाइ अवरोध गर्ने षड्यन्त्रकारीहरू विरुद्ध प्रदर्शन गरिएको कुरा बीरगंज महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकारले स्थानिय संचारकर्मीलाइ जानकारी गराए । 


‘दलाल, भूमाफिया, विकास विरोधी होशियार, वैभवशाली वीरगंज हाम्रो साझा सरोकार’ भन्ने मुल नारासहित बीरगंजकाे जिल्ला प्रहरी कार्यालय पर्सा अगाडीबाट निस्किएको रैलीले वीरगंज नगर परिक्रमा समेत गरेको थियो ।

 वीरगंजको वृहत्तर विकासकालागि निर्वाचित सशक्त नेतृत्वलाई नागरिक समाजले ऐक्यबद्धता जनाएका छन । 

‘वीरगंजकाे शान, मेयर राजेशमान, चरित्र हत्या गर्न पाइदैन, वीरगंजवासीको एउटै पुकार, अझै २० वर्ष राजेशमानको स्थानिय सरकार, राजेशमान छन त, नगरकाे परिवर्तन सम्भव छ, धेरै आए बोल्ने, बल्ल पाइयो काम गर्ने मेयर’ जस्ता नारा लेखिएको प्लेकार्ड सहित उक्त रैलीमा हजाराैकाे संख्यामा स्थानियहरूकाे उपस्थिति रहेकाे थियाे । 


उक्त रैलीमा सहभागी रहेका नगरिक समाजका अगुवा प्राध्यापक डा. दीपक शाक्य, जिल्ला समन्वय समिति पर्साका पूर्व संयोजक नेकमहमद अन्सारी लगायतका महानुभावहरूले सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । 

साे ज्ञापन पत्रमार्फत भ्रामक प्रजारवाजी गर्ने र धार्मिक तथा सामाजिक सद्भाव खल्बल्याउने समूहलाई कारवाही गर्न माग समेत गरिएको छ । 

प्रा.डा.शाक्य,अभिषेक तिवारी, प्रभाकर गुप्ता, तेजप्रकाश निषाद, राम गोसाई, जितेन्द्र पटेल, अनुराग श्रेष्ठ लगायतले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।




Comments