बीरगंज २० माघ । नेपाल प्रहरीमा प्रहरी नायव उपरीक्षक ( डीएसपी ) को ७५ पद रिक्त छ । गत शुक्रबार ३७ डिएसपी एसपीमा बढुवा सिफारिस भएपछि डिएसपीको रिक्त पद संख्या ७५ पुगेका छन ।
३८ पद पहिला नै रिक्त रहेको र ३७ थपिएपछि रिक्त पद संख्या ७५ पुगेको छ ।
ठूलो संख्यामा डिएसपी पद रिक्त भएपछि प्रहरी प्रधान कार्यालयले बढुवाको तयारी थालेको खबर छ । बढुवा तयारी भएपछि डिएसपीमा बढुवा हुनका लागि प्रहरी निरीक्षकहरू ( इन्स्पक्टर ) शक्तिकेन्द्र धाउन थालेका छन् ।
रिक्त ७५ डिएसपीमा बढुवा हुन २०७० मा भर्ना भएका ७९ इन्स्पेक्टर प्रतिष्पर्धामा रहेका छन् ।
त्यो लटमा १४४ जना इन्स्पेक्टरमा भर्ना भएका थिए । ती मध्ये ४६ जना २०८० जेठ २२ गते इन्स्पेक्टरमा बढुवा भइसकेका छन् ।
त्यही लटबाट दोस्रो पटक २०८० चैत २२ गते १९ जना डिएसपीमा बढुवा भएका थिए । अझै एकै लटमा भर्ना भएका ७९ जना इन्स्पेक्टर रहेकाले तीनै मध्येबाट ७५ जना डिएसपीमा बढुवा गर्ने तयारी भइ रहेकाे छ ।
आफ्नो लटको तेस्रोे पालोमा पनि ४ जना छुट्ने भएकाले आफ्नो बढुवा सुरक्षित गर्न इन्स्पेक्टरहरू शक्तिकेन्द्रमा पुगेर लबिङ गरिरहेका छन् ।
अब बढुवा हुनेहरुमा इन्द्रजित ईटनी, प्रताप पौडेल, बोधराज रेग्मी, बीरदत्त पन्त, टेकेन्द्र शर्मा पौडेल, गंगाबहादुर सारु, टेकबादुर जोरा, प्रविण कार्की, रमेश दत्त अवस्थी, चन्द्र कुमार सिंह, राजु खत्री, हिमबहादुर खत्री, मधु नेपाल, मोहनजंग बुढथापा, चक्रबहादुर डम्बरपाल, अनिलराज गिरी, जनक पुरी, लोकबहादुर जिसी, केदारमान दोङ, केशवराज ज्ञवाली, दिपक सुवेदी, पुष्कर बोगटी, चन्द्रभूषण यादव, बसन्त पाण्डे, प्रशन्नराज चौधरी, विष्णु प्रदीप बस्याल, शिला थापा, विक्रम लामा छन् ।
त्यस्तै होम प्रकाश चौधरी, पदमराज थापा, राज कुमार सिंह, गोपीकृष्ण सुवेदी, नवराज न्यौपाने, देवेन्द्र कुमार मल्ल, दिपक पातली, शैलेश न्यौपाने, शैलेन्द्र कुमार भट्ट, सुरेश गौतम, भीमबहादुर खड्का, रामचन्द्र तिवारी, मिलन बस्नेत, यमलाल बन्जाडे, गुरु प्रसाद तिम्सिना, खुमानन्द पाण्डे, दिवसबहादुर जिसी, राजेन्द्र कुमार उपाध्याय, हरि बहादुर बिसी, गणेशचन्द्र कोइराला, सुरेन्द्र प्रसाद जोशी, पविन्द्र कुमार बम, गणेश सापकोटा पनि बढुवाको लाइनमा छन् ।
त्यसैगरी, आशिष अधिकारी, शंकर प्रसाद आचार्य, बसन्त गौतम, राजन रायमाझी, पञ्चलाल गोले, योगराज खतिवडा, डम्बरबहादुर पुरी, सरोज राई, लोकेन्द्र सिंह गुरु, हिरा सिंह महरा, सन्तोष श्रेष्ठ, बुद्धिसागर पुरी, हेमराज घिमिरे, हस्त बहादुर सुना, नरेशराज मल्ल, गोविन्द रावत, हिमा थोकर, राजिब श्रेष्ठ, सुवास भट्टराई, देवेन्द्रबहादुर शाह, सुरज बहादुर खड्का, वकिल बहादुर सिंह, शंकर खड्का, भाष्कर खतिवडा, कृष्ण प्रसाद बिष्ट, मदन थापा, हरिबहादुर बस्नेत र अनिल पण्डित पनि लाइनमा छन् ।
प्रतिक्रिया