बीरगंज १३ । भारतकाे बर्गिनिया बजार लगायतका क्षेत्रबाट तस्करहरूले कपडा, खाधन्न, माेटर पार्टस, इलेक्ट्रिक समान, स्टिलका भाडा वर्तन, ग्याँस चुल्हा, गुटखा लगायतका मालसमानहरू तस्करी गरी गाैर लगायतका क्षेत्रबाट भित्र्याउने र गाैरका बिभिन्न स्थानमा भाडा लिइएकाे गाेदाममा उक्त तस्करीकाे मालसमान तस्करहरूले भण्डारण गर्न छाडेका छैनन् ।
साे भण्डारण गरेकाे तस्करीकाे मालसमानहरू गाडीमा लाेड गरी नेपालकाे प्रमुख बजारमा पुरयाउने कार्यलाइ निरन्तारता दिन एकातिर तस्करले छाडेका छैनन् ।
भने अर्काेतिर जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले चेकजाँचको क्रममा लाखौँको भन्सार छलीको सामानसहित ३ वटा मोटरसाइकल र ४ वटा साइकल बरामद गरेका छन।
सीमावर्ती भारतीय बजारबाट खरिदगरी भित्र्याइँदै गरेको तीनलाख १९ हजार ४५० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक्ससहित उक्त सवारी साधन जिल्ला प्रहरी तथा मातहतबाट गएको गस्ती टोलीले बरामद गरेको जिल्ला प्रहरीका सह प्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले जानकारी गराए ।
बरामद सामान सहित सवारी साधन आवश्यक कारबाहीको लागि शुक्रवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
प्रतिक्रिया