ads
neelambads

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्न प्रधानमन्त्रीसहितकाे टाेली बारामा

 

बारा १८ असार। 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली बारा जिल्ला पुगेको समाचार छ ।

अवलोकनका लागि प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, खानेपानी मन्त्री उमाकान्त चौधरीलगायत बारा पुग्नुभएका छन ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी सरकारको निर्णयमा सर्वोच्च अदालतको पछिल्लो आदेशले केही अन्योलता देखिएको छ । 

आदेशको पूर्णपाठमा उल्लेखित बहुमतको रायले निजगढमा नै विमानस्थल निर्माण गर्न रोक लगाएको छैन तर, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा पर्यावरणसम्बन्धी मापदण्डलाई अनिवार्य पालना गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतको फैसलापछि पहिलो पटक प्रधानमन्त्रीसहित दलका शीर्ष नेता त्यहाँ पुग्नुभएको हो ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads