ads
neelambads

छिपहरमाई गापा–१ का वडाध्यक्ष कामेश्वरप्रसाद यादवद्वारा पदभार ग्रहण

वीरगंज, १९ जेठ । 
पर्साको छिपहरमाई गाउँपालिका वडा नं. १ का वडाध्यक्ष कामेश्वर प्रसाद यादवले बिहीवार पदभार ग्रहण गरेका छन् । गाउँ कार्यपालिकाको कार्यालय भिस्वामा भएको सपथ ग्रहण पश्चात  आज वडा कार्यालय मिर्जापुरमा  वडाध्यक्ष कामेश्वर प्रसाद यादवले पदभार समेत ग्रहण गरेका छन् ।
त्यस अघि नेपाली कांग्रेस पर्साका सह सचिव नविन सिंहले वडा कार्यालयको रिबन काटेर उदघाटन  गरे ।
त्यसपछि कांग्रेसबाट नै वडाध्यक्षमा निर्वाचित कामेश्वर प्रसाद यादवलाई गाउँपालिका अध्यक्षका उम्मेदवार समेत रहेका सहसचिव सिंहले फुल माला र अबिरको टिका लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना समेत  दिए।
सो अवसरमा वोल्दै सह सचिव सिंहले वडाबासीको चाहना अनुसार काम गर्न वडाध्यक्षलाई आग्रह गरे । उनले वडा बासीको समस्याको पहिचान गरी सोही अनुसारको प्राथमिकता निर्धारण गरेर काम गर्नु पर्ने सह सचिव सिंहले सुझाव दिए । 
उम्मेदवार सिंहले सबै मिलेर गाउँँपालिका विकास गर्नु पर्ने वताए । आफु निर्वाचन हारे पनि सधै जनताको सेवामा रहने वताउँदै सिंहले सबै मिलेर नमुना गाउँँपालिका बनाउनु पर्ने धारणा राखे ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads