साे एस.एल.सी.२०४३ बिधार्थी (ने.रा.बि मा.बि.) श्रीपुर समुहले गरीब निमुखा मानिसहरूलाइ ज्याकेट, सुइटर लगायतका कपडाहरू बाँढनकालागी पर्सा कपडा बैंक बीरगंजका अध्यक्ष लालबाबु सिहं राजपुतलाइ न्यायनाे कपडाका बण्डलहरू हस्तान्तरण गरेकाे छ ।
कपडा हस्तान्तरण कार्यक्रमका संयाेजक तथा समुहका पदाधिकारी राज कुमार श्रेष्ट, समुहका अध्यक्ष सुमन कुमार साह, उपाध्यक्ष नबिन बिक्रम शाह, सचिव राजेश कुमार लिम्बु, काेषाध्यक्ष अजय कुमार बर्णवाल, सह काेषाध्यक्ष समिम अख्तर लगायत सदस्य सुर्य श्रेष्ट, हृदय नारायाण प्रसाद, सुमन श्रेष्ट, दिपक कुँवर , असलम अंसारी, अजिम हवारी, बिश्वनाथ साह, पप्पु प्रसाद कलवार, किरण गिरी, उमेश सिहं क्षेत्री, अशाेक काम्तिकाे उपस्थिती थियाे ।
भने पर्सा कपडा बैंक बीरगंजका सल्लाहाकार तथा समाजसेवी सर्वण बहादुर रायमाझी लगायत रिपाेर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताकाे उपस्थिति समेत रहेकाे थियाे ।
एस.एल.सी. २०४३ बिधार्थी श्रीपुर समुहले बिगतका समयमा शिक्षकहरूलाइ सम्मानित गर्ने कार्यक्रमकाे आयाेजना समेत गरीसकेकाे छ । यसैगरी मानव आश्रम बीरगंजलाइ खाधन्न समाग्री बितरण गरेकाे थियाे ।
भने हिन्दुहरूकाे महानचाड दशैंमा लाग्ने बीरगंजकाे एतिहासीक गाहवामाइकाे धार्मिक मेलाका दर्शानार्थिलाइ शुद्ध पानीकाे ब्यवस्था गरीनुकाे साथै चना चिउरा तथा खिर प्रसाद बितरणा गर्ने कार्यक्रमकाे आयाेजना गरेका थिए ।
भने मुस्लिम समुदयहरूका महान चाड इद ब्रत बस्ने श्रीपुर र मुर्लि टाेलका ब्रतालुलाइ अफ्तारीका समयमा फलफुल समेत बितरण कार्यक्रम समाजमा आयाेजना गर्दै बिस्तारै समुहले आफ्नाे सेवाकाे पाइला अगाडी बढाउने प्रयास गरी रहेकाे कुरा समुहका सचिव राजेश कुमार लिम्बुले संचारकर्मीलाइ जानकारी गराउनु भयाे ।






प्रतिक्रिया