बीरगंज १६ पुस । विशेष अदालतले घुस प्रकरणमा पूर्वमन्त्री राज कुमार गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको समाचार छ ।
गुप्ताले रु ७८ लाख घुस लिएको आरोप लागेकामा अदालतले आज भ्रष्टाचार निवारण ऐनअनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
जरिवाना र घुस रकम जफत हुने व्यवस्था लागू हुने गरी अदालतले आदेश गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरु सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले उक्त आदेश गरेको हो ।
सो आदेशमा उल्लेख भएअनुसार गुप्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा सांसद पदमा रहँदा अन्य व्यक्तिहरूलाई प्रयोग गरी घुस लिएको प्रमाण भेटिएको छ ।






प्रतिक्रिया