वीरगंज १६, पुस । पर्सा जिल्लामा शीतलहर चलेसँगै यहाँ तेस्रोपटक फेरि तीन दिनकालागि वीरगंज महानगर पालिका कार्यालयले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको खबर छ ।
वीरगंज महानगरपालिकाले यहाँ शीतलहर चलेसँगै यहाँ तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६ देखि १८ गतसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो ।
यसअघि महानगरले दुई पटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ ।
वीरगंज महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार विगत केही दिनदेखि बढ्दै गएको चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी यहाँका सामुदायिक र संस्थागत विद्यालयलाई थप बिदा दिइएको हो ।
आगामी पुस २० गतेदेखि विद्यालय फेरि सञ्चालन हुने जनाएको छ ।





प्रतिक्रिया