बीरगंज १३ पुस । सशस्त्र प्रहरी बल¸ नेपाल र भारतीय सशस्त्र सीमा बल एस.एस.बी. बीच नियमित रुपमा हुँदै आईरहेको समन्वयात्मक बैठकको सशस्त्र प्रहरी बल¸ नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले आयोजना गरेकाे डि.आइ.जी. लेबल काउण्टर पार्टस काेर्डिनेशन मिटिङ्ग शुक्रबार सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सशस्त्र सीमा बल एस.एस.बी. बीच नियमित रुपमा हुने डि.आइ.जी. स्तरीय समन्वयात्मक बैठकको आयोजना सशस्त्र प्रहरी बल¸ नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले गरेको थियाे।
कार्यक्रममा सशस्त्र प्रहरी बल¸ नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी तथा भारतीय सशस्त्र सीमा बल एस.एस.बी.को सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका डि.आइ.जी. दिपक कुमार आइ.पी.एस.,सेक्टर हेडक्वटर्स पुरेनियाका सेक्टर कमाण्डर डि.आइ.जी. राजेश टिकु र सेक्टर हेडक्वटर्स बेतियाका सेक्टर कमाण्डर डि.आइ.जी. एस. सुर्बमेनियमको समेत उपस्थिति थियो।
मधेश प्रदेश स्थित सशस्त्र प्रहरी बल¸ नेपालका गणपति ,निमित्त गणपति लगायतका अधिकृत र एस.एस.बी. का बटालियन कमाण्डेन्टहरु सहितको उपस्थिति रहेको थियो।
साे बैठकमा सीमा सुरक्षा¸ सीमा अपराध नियन्त्रण तथा रोकथाम लागूऔषध नियन्त्रण¸ सीमामा हुने अपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउदै अघि बढ्न सहयोग मिल्ने नं.२ बाहिनीले जनायाे ।
प्रतिक्रिया