सरकारले नेपाल भारतको खुल्ला सिमामा कडाइ गर्नकालागि मधेस प्रदेशमा ३ किलाे मिटर देखी ५ किलोमिटरको फरकमा बिओपी स्थापना गरेको छ ।
पर्सा, बारा, रौतहट, सर्लाही लगायतका जिल्लामा गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाललाइ सिमामा कडाईकासाथ चोरि पैठारी तथा सिमा सुरक्षाकालागि बिओपी स्थापना गरेको हो।
त्यति मात्र होइन सरकारले पहिले देखि नै नेपाल प्रहरीको पनि सिमामा सिमा प्रहरी चौकी स्थापना गरेको छ । सिमा नाकासँग जोडिएको मुल सडकको बिभिन्न स्थानमा नेपाल प्रहरीले बिट स्थापना गरी ब्यपक मुख्य सडकमा प्रहरीले चेकजाँच गर्ने गरेका छन ।
त्यति मात्र होइन भन्सार चोरी निकासी राेक्न सरकारले सशस्त्र प्रहरी बल नेपालकाे गण नै भन्सारमा स्थापना गरेको छ ।
थप निगरानीका लागी राष्ट्रिय अनुसन्धान प्रहरी कार्यालय लगायत अन्य निकायलाइ समेत सरकारले परिचालन गरेको सुनिन्छ ।
तैपनि तस्कारहरूले भारतबाट नेपालमा राजश्व छलेर मालसमान सिमा वारी ल्याएकै छन । जसको पुष्टी सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले नै दिन दिनै तस्करी गरी ल्याएको भारतिय मालसमान पक्राउ गरी भन्सार र राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएकोले गर्छ ।
त्यसैगरी भारतबाट लागुऔषध तस्करी गरेर नेपालमा भित्र्याएकै छन । बेलाबखत पक्राउ परेको कुरा सर्वबिदितै छ । सिमामा निगरानी ठिक नभएकै कारण बारा, पर्सा, मकवानपुर, चितवन, काठमाण्डौ, पोखरा लगायतका लागुऔषध सेवनकर्ता भारतिय बजारमा आउन पल्केका हुन र लागुऔषध सेवनकर्ताले लागुऔषध सेवन गर्नका लागी थप लागुऔषध खरीदारी गरेर लिएर जाने गरेका छन ।
भने यसैगरी भारतिय पशु क्वारेन्टाइन परिक्षण नै नगरी चल्ला, अण्डा, कुखुरा, बाख्रा, खसी, बोका, गाइ, गोरू, भैसी लगायत माछा नेपालमा भित्रिदै आएको छ ।
भारतिय प्लाण्ट क्वरेन्टाइनमा राेग र बिषादी परिक्षण नै नगराइ बिभिन्न अन्न बालीका बिउँ , फलफुल, हरीयो तरकारी, बोट बिरूवा लगायत नेपालमा धेरै चोर नाकाबाट भित्र्याउने गरेका छन ।
भारतबाट खाद्य आयात निर्यात तथा गुणस्तर प्रमाणिकरण नै नगराइ खुल्लेआम नेपालको मुख्य भन्सारबाटै पोके तस्करहरूले स्थानिय बजारमा पुरयाउने गरेका छन ।
सिमामा प्रहरी तेनाथ रहन्छन तैपनि नेपालबाट भारतिय काराेवारीले रक्सी, जडीबुट्टी लगायत लागुऔषध गाँजा र चरेस तस्करी गरी निर्यात गरेकै छन ।
नेपालको सिमाना भारतसंग १८५० कि. मि . जोडिएको छ । भारतको उतराखण्ड प्रदेश, उत्तर प्रदेश, विहार प्रदेश, वेस्ट बंगाल प्रदेश र सिक्किम प्रदेशसंग छोएको छ। त्यसैगरि नेपाल र चीनको सिमा १३८९ कि .मि. लम्बाई छ ,। हिमालय पहाड र सगरमाथासंग छोएको छ।
लेखक ः कन्हैया गुप्ता
प्रतिक्रिया