बीरगंज १५ पुस । बीरगंज महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको लामो समय देखि बीरगंजको मुख्य सडक अवरूद्ध हटाउने प्रयास गर्दा गर्दै आएको भएपनि मुख्य सडक अवरूद्ध हटाउन सकेका छैन् ।
बीरगंजको मुख्य सडकमा रहेको एडभान्स हस्पिटल र नारयाणी अस्पतालको मुलगेट अगडी जथाभावी अटो रिक्सा पार्किङ्ग गर्नाले दिनहुँ सडक अवरूद्ध हुँदै आएको छ ।
सडक अवरूद्धले बिरामी बोकेको एम्बुलेन्स र दमकल कहिले काही त १५ देखि २० मिनेट सम्म लाइनमा बस्नु पर्ने बाध्यता रहेको छ ।
त्यसैगरी कोष तथा लेखा नियन्त्रक कार्यालय अगाडी तथा मालपोत चौक, माइस्थान चौक र पानगल्ली अगाडी रहेको मुख्य सडकमा हुने अवरूद्ध हटाउन सकेकाे छैन।
मुख्य सडक अबरूद्धका कारण बीरगंज - रक्सौल आवत जावत गर्ने सवारी साधनको लामो लाइन लाग्ने गरेको छ ।
उक्त मुख्य सडक अवरूद्धका कारण बीरगंजबाट रक्साैल ढिलाे पुग्नाले कतिपय यात्रीकाे दिल्ली , कलकता, बम्बे लगायत बिभिन्न स्थानमा प्रस्थान गर्ने ट्रेन र बस समेत छुटने गरेको छ ।
भने कतिपय रक्साैलबाट बीरगंज अाउने यात्रीहरूको काठमाण्डौ , पोखरा, बुटवल , गोरखा लगायतका स्थानमा जाने बस छुटने गरेको छ ।
बीरगंजकाे घण्टाघर देखि लिएर रजत जयन्ति चाैक सम्म रहेकाे मुख्य सडकलाइ चाैडा गरी फाेर लाइन नबनाए सम्म सडक अवरूद्ध रहि रहने स्थानियबासीहरूले बताउँछन ।
तर साे मुख्य सडक अर्थात त्रिभुवन राजपथ वरीपरी रहेकाे घर धनीले सर्वाेच्च अदालतमा सडक डिभिजन बिरूद मुद्दा दर्ता गरेका छन ।
उक्त मुद्दा हाल सम्म पेसीमा रहेकाे र मुद्दा किनारा नलागे सम्म मुख्य सडककाे काम अगाडी नबढेकाे स्थानिय बुद्धिजिवीहरूले जनाए ।
तर केही बर्ष अगाडी घण्टाघर देखी गण्डक सम्मकाे मुख्य सडक प्रहरी प्रशासनले खाली गराएकाे इतिहास सर्वनिदितै छ ।
नियम भनेकाे एउटै हुनुपर्छ । घण्टाघर देखी लिएर गण्डक सम्मकाे मुख्य सडक वरीपरी बस्नेहरूलाइ जवरदस्ति डाेजर भिडाएर घर ताेडफाेड गरी हटाउनु तर घण्टाघर देखि रजत जयान्ति चाैक सम्म वरीपरी बस्नेहरूकाे घर डाेजर लगाएर नभत्काउनु कहाँ सम्मकाे उचित हाे । पिडितहरूकाे भनाइ छ ।
तिनकाे मुद्दा लामाे समय सम्म अदालतले फैसला नगर्नु ? साे जस्तै मुद्दा घण्टाघर देखि गण्डक सम्म वरीपरी बस्नेहरूले मुद्धा दर्ता गराउदा छिट्टै टुङ्गयाएर धमाधम सडक त्रिभुवन राजथले निर्माण गर्नु ?
तर लामाे समय बितिसकेकाे भएपनि हाल सम्म घण्टाघर देखि रजत जयन्ति चाैक सम्मका बासिन्दाले गरेकाे मुद्धाकाे न किनारा लगाउनु ? नत सडक नै निर्माण गर्नु ? कहाँकाे न्याय हाे ? भन्दै घण्टाघर देखि गण्डक सम्मका मुख्य सडक वरीपरी घर तथा झाेपडी बनाएर आ - आफ्नो ब्यवसाय संचालन गरी बालबच्चाकाे लालनपालन गर्ने पिडितहरूले गुनासाे गरे ।
बीरगंज रक्साैल मुख्य सडक अर्थात त्रिभुवन राजपथकाे ट्रफिक अवरूद्ध समस्या जस्ताकाे त्यस्तै कायम रहयाे स्थानियबासीहरूकाे भनाइ छ ।
प्रतिक्रिया