बीरगंज १३ पुस। जबरजस्ती करणी गरेको अभियोगमा राजधानी काठमाडौँबाट एक जना भारतिय नागरीकलाई प्रहरीले पक्राउ गरेको समाचार छ ।
काठमाडौँमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत मोतिहारी दरपाथाना घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं १२ वज्वलेक मेडिसिन प्रालिमा काम गर्ने २६ वर्षीय राजु श्रीवास्तालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया