ads
neelambads

नक्कली नोटसहित बीरगंज र काठमाडौँबाट तीन जना पक्राउ

 

बीरगंज २५ कार्तिक । नक्कली जस्तो देखिने नोट सहित बीरगंजबाट २ जना र काठमाडौँबाट १ जना गरी ३ जना शुक्रबार पक्राउ परेकाे समाचार छ।

वीरगंज महानगरपालिका वडा नं. ८ घण्टाघरबाट १ हजार दरको ३८ थान नक्कली जस्तो देखिने नोटसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको थियाे । 

पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका(३ बस्ने २५ वर्षीय उमेश कुमार पटेल र वीरगन्ज महानगरपालिका वडा नं. ३१ कोनिया बस्ने २३ वर्षीय रिसि पटेल रहेका छन् ।


घण्टाघरस्थित सिटी मार्केटको कपडा पसलमा कपडा किन्दा उमेशले नक्कली रुपैयाँ दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ। 

उनीहरूले प्रयोग गरेको प्र २ - ०३ - ००१ प ८९० नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएका छन ।

यसैगरी काठमाडौँ महानगरपालिका वडा नं. ९ पिङगलास्थानबाट १ हजार दरको ४ थान नक्कली जस्तो देखिने नोटसहित काठमाडौँ महानगरपालिका जडीबुटी बस्ने धनुषा घर भएका १८ वर्षीय किशोरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको खबर छ । 

ती किशोरले नक्कली नोट बोकी हिँडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेका छन।



Post a Comment

Previous Post Next Post
neelambAd
ads