ads
neelambads

उपचारको क्रममा महिलाको मृत्यु, प्रहरीद्वारा स्वास्थ्यकर्मी यादवलाई पक्राउ

 

बीरगंज २२ कात्तिक। रौतहट जिल्लामा महिला बिरामीको मृत्यु भएको विषयमा प्रहरीले एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको समाचार छ ।

इलाका प्रहरी कार्यालय गरुडाले स्वास्थ्यकर्मी इन्द्रदेव यादवलाई पक्राउ गरेका छन। 

२० कात्तिकमा पाठेघरको समस्या लिएर अस्पतालमा उपचार गर्न आएकी गरुडा नगरपालिका वडा नं. ८ कि ३० वर्षकी नुरजहान खातुनको अपरेशन गरेका थिए ।

तर अपरेशनपछि रक्तश्राब नरोकिएपछि उनको २१ कात्तिकको अपरान्ह ५ बजे उक्त अस्पताले वीरगञ्ज पठाएकाे थियो । 

वीरगंजकाे मेट्रोसिटी अस्पतालमा चेकजाँच गराउँदा बिरामीको मृत्यु भइसकेको प्रहरीले जनाए ।

महिलाको उपचारमा संलग्न पाइएका यादवलाई पक्राउ गरेर अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनालले जानकारी गराए ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads