ads
neelambads

दुर्व्यवहारका कारण तनावमा आएर युवकले आत्महत्या गरेकाे स्थानीयवासीको आशङ्का


सप्तरी १३ कार्तिक। आइतबार राती गाउँका अगुवाहरूबाट दुर्व्यवहारमा परेपछि परिवारसँगै सुतेको बेला कसैलाई थाहा नदिई घरबाट निस्किएका उनलाई खोजी गर्ने क्रममा झुन्डिएको अवस्थामा सोमबार बिहान मृत भेटिएको स्थानीयले बताएका छन् । 

साहको श्रीमतीसित केही समयदेखि सम्बन्ध बिग्रिएको स्थानीयको भनाइ छ । तनावमा आएर आत्महत्या रोजेको हुनसक्ने आशङ्का स्थानीयवासीको छ । 

स्थानीयका अनुसार स्व. साह ९ वर्ष वैदेशिक रोजगारीबाट ५ महिना अगाडि मात्र स्वदेश फर्किएका थिए । सप्तरीमा आँपको रुखमा झुन्डिएको अवस्थामा आज बिहान एक युवकको शव फेला परेको छ । 

जिल्लाको रुपनी गाउँपालिका ६ तेरहौताको एक बगैँचामा आँपको रुखमा झुन्डिएको अवस्थामा युवकको शव फेला परेका छन ।

रुपनी गाउँपालिका ६ तेरहौताका उत्तिमलाल साहको ३५ वर्षीय छोरा सन्तोष साह आँपको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

घरदेखि ८ सय मिटर पश्चिम आँप बगैँचामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा साहलाई मृत भेटिएको प्रहरीले जनाए । 

मृतक साहको शव परीक्षणका लागि राजविराज पठाइएको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads