ads
neelambads

आज देखि हेटौँडा सिमेन्ट उद्योग पनि बन्द भयाे

 

हेटाैडा १३ कार्तिक। सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन आजबाट बन्द भएको समाचार छ । 

वर्षौंदेखि घाटा व्यहोर्दै आएको उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा आजबाट उत्पादन बन्द भएका छन ।

आर्थिक सङ्कटका कारण कोइला खरिद गर्न नसक्दा उत्पादन बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जनाउनु भयाे । 

उद्योगलाई मासिक ३ हजार ६ सय मेट्रिक टन गुणस्तरीय कोइला आवश्यक पर्ने भएता पति आर्थिक सङ्कटका कारण बाह्य मुलुकबाट पर्याप्त कोइला खरिद गर्न नसकिएका कारण पटक–पटक उत्पादन बन्द गर्नुपरेको महाप्रबन्धक पाण्डेले बताउनु भयाे ।

उहाँले उद्योगको अवस्थाबारे संघीय सरकारका उद्योग तथा आपूर्ति मन्त्री तथा सचिव समेतलाई जानकारी गराइएको जनाउनु भयो । 

उहाँले संघीय सरकारको तर्फबाट आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सहज हुने बताउनु भयो । 

४ दशक पुरानो उद्योगमा मेसिनहरू जीर्ण हुँदै गएकोले साविक बमोजिम उत्पादन गर्न कठिनाइ भएको र अर्कोतर्फ उत्पादित सिमेन्टको विक्री वितरण घटेकोले उद्योग आर्थिक सङ्कटमा परेको महाप्रबन्धक पाण्डेको भन्नु भयाे ।

विक्रम संवत् २०३३ सालमा एशियाली विकास बैङ्कको सहयोगमा १ अर्ब लगानीमा स्थापना भएको उद्योगले २०४३ साल मङ्सिर २६ गतेबाट व्यावसायिक रुपमा सिमेन्टको उत्पादन सुरु भएको थियो । 

हाल उद्योगमा ३९० जना कर्मचारी कार्यरत छन् ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads