१० लाख रूपैयाँ सहित भारत मोतीहारीकाे रूपेश गुप्ता काठमाण्डाैमा पक्राउ


बीरगंज १३ असाेज । काठमाडौं महानगरपालिका वडा नं. २७ ज्याठा चोकबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँ सहित भारत मोतीहारी घर भई हाल ललितपुर सानेपा बस्ने ४० वर्षीय रूपेश गुप्तालाई गएराति प्रहरीले पक्राउ गरेको समाचार छ । 

उक्त स्थानमा खटिएको प्रहरीले बा. ९१ प ९९५८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र रहेको ब्यागमा उक्त नगद फेला पारी स्कुटर चालक गुप्तालाई पक्राउ गरेको थियाे । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments