ads
neelambads

सहायक प्रधानाध्यपककाे अभद्र ब्यवहारका कारण १२६ जना बालबालिका आँखा चेकजाँच गराउनबाट बन्चित

बीरगंज २६ भदौ । 

श्री नृसिहं माध्यमिक बिधालय पिपराका सहायक प्रधानाध्यपक सन्तोष सिहंको अभद्र ब्यवहारका कारण १ सय २६ जना बालबालिका नि शुल्क आँखा स्वस्थ्य शिविरमा आँखा चेकजाँच गराउनबाट बन्चित भएका छन ।

सो निशुल्क आँखा स्वास्थ्य शिविरमा उक्त बिधालयका बालबालिकाहरूको आँखा चेकजाँच गरीएको ६ सय ३७ जना मध्ये ४ जना बिधार्थीको चश्मा बितरण गर्नलाइ रामकुमार महाविर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरले तैयारी अवस्थामा राखेको कुरा केडिया आँखा अस्पतालका प्रमुख प्रशासकिय अधिकृत प्रकाश वर्माले यस दैनिक पत्रिकालाइ जानकारी गराए ।   

सहायक प्रधानाध्यपक सिहंको अभद्र ब्यवहारका कारण बाँकी १ सय २६ जना बिधार्थीहरूको आँखामा केही न केही समस्या देखिएको र ३५ जनाको आँखा फुल चेकजाँच गरीएको रिच प्रोजेक्टका परामाशिका रोशनी क्षोत्रीले बताइन ।

निशुल्क आँखा स्वास्थ्य शिवरको पहिलो दिन उक्त बिधालयको प्रधानाध्यपककाे उपस्थितिमा ६ सय ३७ जना बालबालिकाको आँखा चेकजाँच गरीएको थियो ।

भने सोही आँखा चेकजाँचका दौरान दोश्रो दिन भाेली पल्ट सो बिधालयका प्रधानाध्यपकको अनुपस्थिति रहेकाे समयमा सहायक प्रधानाध्यपक सिहंले निशुल्क आँखा स्वास्थ्य शिविरको टोलीमा कार्यरत चिकित्सकसँग अभद्रब्यवहार गरे पश्चात उक्त निशुल्क आँखा स्वास्थ्य शिविरको टोली फिर्ता आएको केडिया आँखा अस्पतालका प्रशासन प्रमुख अधिकृत वर्माले जनाए ।

बालबालिकाहरूको आँखामा एलर्जी लाग्ने र पछि गएर आँखा बिग्रीने संभावना बढी हुन्छ । समयमा ठिक हुने आँखामा चश्मा नलाए पछि गइ आँखाको पावर ठिक हुन नसक्ने हुन्छ। बच्चालाइ भिटामिन ए को कमि तथा कलर भिजन डिभिश्यिन बारेमा जानकारी हुन नसक्ने हुन्छ ।

यसैगरी बालबालिकाकाे आँखाको पर्दामा तथा मोतिया बिन्दु भएमा त्यसको जानकारी हुन नसक्ने रिच प्रोजेक्टका परामाशिका श्रेष्ठले बताइन ।

 निशुल्क आँखा चेकजाँच गर्न इ.बि.२०२० मा नगरपालिकाको शिक्षा महाशाखासँग लिखित सम्झौता भएको र शिक्षा महाशाखाले महानगरापलिका भित्र रहेका सम्पुर्ण बिधालयमा लिखित पत्रचार समेत गरी सकेको अवस्थामा समेत बिधालयका सहायक प्रधानाध्यपक सिहंले अभद्रब्यवहार गरेको कारण बाध्यभइ शिबिरको टोली फिर्ता आउनु परेको कुरा रिच प्रोजेक्टका परामाशिका क्षोत्रीले जानकारी गराइन ।


Post a Comment

Previous Post Next Post
neelambAd
ads