ads
neelambads

बीरगंजबाट लाखाैं लाखकाे भारतिय मालसमान तस्करी, पर्सा प्रहरी तस्करीकाे मालसमान राेक्न असफल

 


बीरगंज ११ असाेज । सशस्त्र प्रहरी देखि लिएर जनपथ प्रहरीकाे चेक पाेष्ट लगायत प्रहरीकाे टाइगर टाेली समेत सिमा नाकामा गस्ति गरी रहेका हुन्छन ।

साथै सिमा नाका नजिक रहेकाे प्रहरी चाैकीकाे प्रहरी टाेली देखि लिएर वडा प्रहरी कार्यालय लगायत जिल्ला प्रहरी कार्यालयका प्रहरी भ्यानकाे गस्ति समेत गरी रहेकाे हुन्छ ।

तर तस्करहरूले ट्रकका ट्रक भारतिय मालसमानकाे तस्करी गरेकै कारण बारम्बार पर्सा जिल्ला बाहेककाे जिल्लाहरूमा बीरगंजबाट भारतिय तस्करीकाे मालसमान लाेड भएका ट्रकहरू प्रहरीले पक्राउ गर्ने तर पर्सा जिल्लाका प्रहरीहरूले उक्त ट्रक पक्राउ गर्न बारम्बार असफल हुने गरेकाे चर्चा देशभरी नै चलेकाे छ ।  

प्राप्त समाचार अनुसार बारा जिल्लाकाे जितपुर सिमरा उ.म.न.पा.वडा नं. १ पथलैया चोकमा खटिएको बारा प्रहरीकाे चेकिङ टोलीले वीरगंजबाट काठमाण्डौं तर्फ जादै गरेको ना.६.ख.७१ र वा.४.ख ११२५ नं. को ट्रक लाई रोकी चेक जाँच गर्दा विल विजक भन्दा बढीको खुद्रा माल सामानहरू प्रहरीले नियन्त्रणामा लिएकाे छ ।

बिहिबार दिउँसाे करीव ३ बजे उक्त मालबाहक ट्रककाे चेक जाँच गर्दा विल विजक भन्दा बढीको खुद्रा माल सामान रहेको थियाे ।

उक्त खुद्रा माल सामान करिब रू. ७१,९०,४४६९ बराबरको खुद्रा माल सामान सहित २ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको खबर छ ।


Post a Comment

Previous Post Next Post
neelambAd
ads