ads
neelambads

मलामी भगाभाग, जलाउन ठिक्क पारेको युवतीको शव प्रहरीले चिताबाट उठायो, ससुरा, देवर र श्रीमान पक्राउ

 

बीरगंज ११  असाेज । सर्लाही जिल्लको रामनगर गाउँपालिक वडा नं. १ को मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा प्रहरीले एक विवाहित युवतीको शव चिताबाट नियन्त्रणमा लिएको खबर छ ।

सर्लाहीको रामनगर गाउँपालिका वडा नं. १ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले जलाउन लागेको अवस्थामा चिताबाट नियन्त्रणमा लिएको छ । 

मनिषाको मृत्युको घटना शंकास्पद देखिएपछि बुधबार प्रहरीले जलाउन ठिक्क पारेको अवस्थामा उनको शव नियन्त्राण्मा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायाे ।

परिवारका सदस्यले छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन । 

तर प्रहरीका अनुसार पासो लागेर आत्महत्या गरेको जस्तो देखिएको छ र संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान भइरहेको कुरा संचारकर्मीलाइ बताए । 

थप कुरा पोस्टमार्टमपछि पत्ता लाग्ने प्रहरीले जनाए ।

घटना शंकास्पद देखिएपछि प्रहरीले घाटबाटै प्रहरीले मनिषाका श्रीमान सहित परिवारका तीन जना सदस्यलाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले नियन्त्रणमा लिएका मनिषाका श्रीमान सुनिल, ससुरा रामेश्वर र देवर रामबाबु रहेका छन् । प्रहरी समसान घाट स्थलमा पुग्नासाथ मलामीहरू समेत भगाभाग भएकाे चर्चा छ ।











Post a Comment

Previous Post Next Post
neelambAd
ads