ads
neelambads

पर्साकाे राजेश साह साेनार ४ किलो चादी सहित बारामा पक्राउ


बीरगंज ३ असाेज । जिल्ला प्रहरी कार्यालय बाराले राजेश साह साेनारलाइ ४ किलो चादी सहित मंगलबार गण्डक नहरबाट पक्राउ गरेकाे समाचार छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको विषेश प्रहरी टोलीले मंगलबार बेलुकी ५ बजे बारा परवानीपुर गा.पा.वडा न. ५  गण्डक नहर स्थित सडक खण्डमा वीरगंजबाट कलैया तर्फ आउदै गरेको ना. १६ प ४०१६ नं .को मोटर साइकल चेकजाँच गर्दा जिल्ला पर्सा वीरगंज म. न. पा. वडा न. ३ मा बस्ने वर्ष ४० को राजेश साह सोनारले मोटर साइकलमा लुकाई छिपाई राखेको अन्दाजी ४ किलो चाँदीको गरगहनाहरु बरामद गरेकाे थियाे ।

उक्त बरामद गरीएकाे चाँदीका गरगहनाहरू करिब रु. ५ लाख बराबर रहेकाे छ ।

 निज राजेश साह सोनारलाई तत्काल उक्त चाँदीको गरगहनाहरु सहित पक्राउ गरी थप अनुसन्धनको कार्य भईरहेको प्रवक्ता डिएसपीले जानकारी गराए ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads