प्राप्त समाचार अनुसार आज सशस्त्र प्रहरी बल, नेपाल FOB ICP बाट खटिएको मोबाईल गस्ती टोलीले वीरगंज महानगरपालिका वडा नं.. १७ स्थित ICP ईलाकाबाट एउटै नम्बर प्लेट UP70FT2525 भएकाे २ वटा भारतीय ट्रक करिब ६ ः ०० बजे पक्राउ गरेकाे छ ।
एउटा खाली भारतिय ट्रक र अर्काे एउटामा मकै लोड गरिएको भारतिय ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको कुरा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण बीरगंजका प्रवक्ता डि.एस.पी. संगम श्रेष्ठले जानकारी गराए ।
केही बर्ष पहिला पनि आइ.सि.पि. भित्र भारतिय एउटै नम्बरकाे दुइवटा ट्रक पक्राउ परेकाे थियाे । जस मध्ये एउटा भारतिय ट्रकमा मकै लाेड गाडी सशस्त्र प्रहरीले पक्राउ गरेका थिए ।
प्रतिक्रिया