बीरगंज २९ भदौ । बाल दिवसको शुभ उपलक्ष्यमा मदरल्याण्ड माध्यमिक बिधालय बीरगंजले बिधालयको प्राङ्गनमा आज एक भब्य समारोह कार्यक्रमको आयोजना गरयो ।
समारोह कार्यक्रमका प्रमुख अतिथी वीरगंज महानगरपालिका कार्यालयको सर सफाई शाखाका प्रमुख सफ्रुद्दिन मियाँ , बिशेष अतिथी राजनीतिक विश्लेषक एवं पुर्व शिक्षक बैद्यनाथ ठाकुर, नेशनल प्याब्सन पर्सा अध्यक्ष राम कुमार श्रेष्ठ , वीरगंज महानगरपालिका वार्ड नं ३ को वडा सदस्य राजिव कुमार श्रेष्ठ, रिपोर्टर्स क्लब नेपालको पर्सा अध्यक्ष कन्हैया गुप्ताकाे विशिष्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भयो ।
भने उक्त कार्यक्रममा नेशनल प्याब्सन पर्साका सचिव प्रमोद कुमार, सोनालाल पटेल, अभिभावक नसरुद्दिन मंसुरी, सन्तोष पडित, सुशिल साह, केदार साह तेली, आनन्द गुप्ता लगायत शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया