ads
neelambads

केडिया आँखा अस्पताल परवानीपुर ४९ औं वर्ष पुरा गरी ५० औं वर्षमा प्रवेश


बीरगंज १४ फागुन । राम कुमार महाविर प्रसाद केडिया आँखा अस्पताल परवानीपुर ४९ औं वर्ष पुरा गरी ५० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा केडिया आँखा अस्पतालले शनिवार आफ्नो अस्पतालको सभाहलमा एक भब्य समारोह कार्यक्रमको आयोजना गरयो ।

सो भब्य समारोह कार्यक्रमका सभापति केडिया आँखा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार केडियाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा उधोगपति मुरलीधर रूङ्गटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका सभापति केडिया र प्रमुख अतिथि रूङ्गटाद्वयले केडिया आँखा अस्पतालका ३ जना उत्कृष्ठ कर्मचारी राजेश बहादुर अधिकारी, डा.गोबिन्द गुरूङ र लालबाबु पटेललाइ सम्मानित गरिनुको साथै प्रमाण पत्र प्रदान गरीनु भएको थियो ।

साथै आँखा अस्पताल ४९ औं वर्ष पुरा गरी ५० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उक्त अस्पताल परिसर भित्र सवारी चालकहरूको नि ः शुल्क आँखा चेक जाँच गर्नकालागी आँखा शिविर कार्यक्रमको आयोजना गरीएको कुरा समेत गरीएकाे थियाे ।

उक्त अस्पताललाइ ५ तल्लाको आधुनिक भवन निर्माण गरीनुकासाथै अस्पताललाइ अध्ययन संस्थान बनाउनकालागी भावी याेजना रहेकाे ब्यवस्थापन समितिका अध्यक्ष केडियाले कार्यक्रममा बताए ।

४९ वर्षमा अस्पतालले हाल सम्म लगभग २३ लाख जना आँखा बिरामीहरूको आँखा चेकजाँच गरीनुकोसाथै लगभग ५ लाख ५० हजार जना आँखा बिरामीहरूको आँखाको शल्यक्रिया गरीएको जनाए । 

अस्पतालमा रेटिना, ब्लोकोमा, बाल नेत्र, आँखाको नानी, आँशु नली, तथा थैली बिभाग अस्पतालले संचालनमा ल्याएकाे छ । 

साथै अस्पतालले शिक्षक र शिक्षिक, महिला तथा महिला स्वंम सेवीका, औषधि बिक्रेता लगायतका महानुभावहरूलाइ समय - समयमा तालिम संचालन गर्दै आएको छ । 

भने एम. डि. ओपथोसेलमोलोजिस्ट १२ जनालाइ  रेजिडेन्सी तालिम स्किल डेभलपमेन्ट र पारामेडिकल स्टफ तालिम र इन्टरसिप तालिम ४० जनालाइ दिइएको छ।

त्यसैगरी रिसर्च तर्फ १२ वटा पेपर पब्लिष्ट भइसकेको र १२ वटा पेपर छिटै पब्लिष्ट गर्ने तयारीमा रहेको प्रशासन प्रमुख बर्माले बताए ।

साे समारोह कार्यक्रमको बिशिष्ठ अतिथि परवानीपुर गाउँपालिकाका प्रमुख रामक्षेत्री पटेल, अतिथि नेत्र ज्योति संघ पर्सा शाखाका अध्यक्ष भगवति चौधरी, केडिया आँखा अस्पताल ब्यवस्थापन समुहका पुर्व अध्यक्ष स्व. हिरालाल केडियाको श्रीमति परमेश्वरी देवि केडिया, केन्द्रिय आँखा अस्पतालका नेत्र बिशेषज्ञ डा. सरिता यादवले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बीरगंज उधोग बाणिज्य संघका पुर्व अध्यक्ष तथा केडिया अर्गेनाइजेशनका प्रदिप केडिया, सुनिल केडिया र रमेश कुमार अग्रवालको बिशेष उपस्थिति रहेको थियो । 

उक्त भक्य समारोह कार्यक्रम केडिया आँखा अस्पतालका प्रमुख प्रशासकिय अधिकृत प्रकाश वर्माले संचालन गर्नु भएका थिए ।










Post a Comment

Previous Post Next Post
neelambAd
ads