ads
neelambads

१३ वर्षीया बालिकाको महोत्तरीमा सामुहिक बलात्कार


बीरगंज २६ माघ । महोत्तरीमा १३ वर्षीया बालिकाको सामूहिक बलात्कार भएको समाचार छ। 

सम्सी गाउँपालिकामा एक १३ वर्षीया बालिकालाई चार जनाको समूहले बलात्कार गरेको प्रहरीले बताए।

आर्थिक अवस्था कमजोर भएका कारण मामा घर बस्दै आएकी बालिकालाई लुटेरा समूहले घरमा लुटपाट गरी बालिकाकी आमा र हजुरआमालाई कोठामा थुनेर घरबाट एक किलोमिटर टाढा खेतमा लगेर बलात्कार गरेको स्थानीयले जनाए।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी गराए। उनले यस घटनाको अनुसन्धानको क्रममा ३ जनालाई पक्राउ गरिएको बताए।

Post a Comment

Previous Post Next Post
neelambAd
ads